अधिकांश वाणिज्य बैंकको ब्याजदर एकल अंकमा

काठमाडौं, ३० कार्तिक । मंसिरको लागि अधिकांश वाणिज्य बैंकको ब्याजदर एकल अंकमा आइपुगेको छ। बैंकहरूले सार्वजनिक गरेको सूचना अनुसार अब बैंकहरूले व्यक्तिगत मुद्दति निक्षेप ९रेमिट्यान्स बाहेक० मा १०।६०३ प्रतिशत ब्याजदर दिने भएका छन्।

यसअघि कात्तिकको लागि वाणिज्य बैंकहरूले व्यक्तिगत मुद्दति निक्षेप ९रेमिट्यान्स बाहेक० मा ११।००३ प्रतिशतसम्म ब्याजदर दिएका थिए। बैंकहरूको कर्जाको विस्तार निकै घटेपछि बैंकहरूले निक्षेपको ब्याजदर घटाएका हुन्।

पाँच वटा वाणिज्य बैंकले मुद्दति निक्षेपको ब्याजदरको माथिल्लो सीमा स्थिर नै राखेका छन्। माछापुच्छ्रे बैंकको भने ब्याजदर बढेर १०।६० प्रतिशत पुगेको छ।

एनआइसी एशिया र स्ट्याण्डर्ड चार्टर्ड बैंकले मुद्दति निक्षेपमा अधिकतम ब्याजदर ८।९७ प्रतिशत तोकेका छन्। यससँगै अब वाणिज्य बैंकहरूमा मुद्दति निक्षेपमा रकम राख्दा न्यूनतम ५।२५ प्रतिशतदेखि अधिकत्तम १०।६०३ प्रतिशतसम्म ब्याजदर पाइने भएको छ। रेमिटेन्स मुद्दति खातामा भने योभन्दा बढि ब्याजदर पाइन्छ।

अधिकतम १० प्रतिशतमाथि ब्याजदर दिनेमा मात्रै पाँच बैंक छन्। कुमारी, प्राइम, नेपाल एसबीआई, हिमालयन र माछापुच्छ्रे बैंकले मुद्दति निक्षेपमा यस्तो ब्याजदर दिएका हुन्।

 

त्यस्तै ४ वटा वाणिज्य बैंकले साधारण बचतको ब्याजदर समेत बढाएका छन्। कृषि विकास, लक्ष्मी सनराइज, एनआइसी एशिया र एनएमबी बैंकले ब्याजदर बढाएका हुन्।

मंसिरमा भने वाणिज्य बैंकहरूले साधारण बचतमा ४ प्रतिशतदेखि ७।६ प्रतिशतसम्म ब्याजदर दिने भएका छन्। कात्तिकमा वाणिज्य बैंकहरूले साधारण बचतमा न्यूनतम ४।२२४ प्रतिशतदेखि ८।००३ प्रतिशतसम्म ब्याजदर दिएका थिए।

प्रतिक्रिया दिनुहोस्