केरुङ–काठमाडौं रेलमार्ग अनुदानमा बनाइदिन चीनसमक्ष नेपालको प्रस्ताव

काठमाडौं। परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले चीनले नेपालसमक्ष त्रिदेशीय अवधारणाको प्रस्ताव राखेको बताएका छन् ।

चीन भ्रमण सकेर शनिबार स्वदेश फर्किएका मन्त्री ज्ञवालीले चीनका विदेशमन्त्री वाङ यीले त्रिदेशीय सम्बन्धबाट नेपालले लाभ उठाउनसक्ने धारणा राखेको जानकरी दिए ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग मन्त्री ज्ञवालीले चीनको प्रस्तावलाई आफूहरुले सकारात्मकरुपमा लिएको बताए ।

प्रधानमन्त्रीको भ्रमणको तयारीका लागिमात्रै आफ्नो चीन भ्रमण नभएको भन्दै उनले नेपालमा नयाँ सरकार गठन भएको अवस्थामा दुई देशीय सम्बन्ध प्रगाढ बनाउँदै सहयोगका नयाँ क्षेत्र खोज्ने विषय पनि भ्रमणमा केन्द्रित रहेको जानकारी दिए ।

भ्रमणकाक्रममा केरुङ–काठमाडौं, काठमाडौं–पोखरा हुँदै लुम्बिनी जोड्ने सीमा वारपार रेलमार्ग अनुदानमा बनाइदिन चीनसमक्ष आग्रह गरेको उनले बताए ।

रसुवागढी–केरुङ नाकाको स्तरोन्नति तथा भूकम्पपछि अवरुद्ध तातोपानी नाका सन्चालनका लागि आग्रह गरेको जानकारी दिँदै उनले दुवै काम छिट्टै सुरु हुने विश्वास व्यक्त गरे ।

परराष्ट्रमन्त्री ज्ञवाली चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा चीनको औपचारिक भ्रमणका लागि वैशाख ३ गते त्यसतर्फ गएका थिए ।

प्रतिक्रिया दिनुहोस्