सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाको १ लाख १६ हजार
काठमाडौं १०, कात्तिक । सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ । आज भएको कारोबारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासघका अनुसार शुक्रबार छापावाल सुनको प्रतितोला मूल्य १ लाख १६ हजार रूपैयाँ कायम भएको छ ।
दशैं अघि छापावाल सुनको मूल्य प्रतितोला १ लाख १५ हजार ५०० रुपैयाँ थियो । दशैंपछि प्रतितोला ५०० रुपैयाँले महँगिएर नयाँ रेकर्ड बनाएको हो ।
शुक्रबार तेजावी सुनको प्रतितोला मूल्य १ लाख १५ हजार ४५० रूपैयाँ तोकिएको छ ।
चाँदीको मूल्य भने स्थिर रहेको छ । दशै अघि चाँदीको मूल्य प्रतितोला १ हजार ४ सय रूपैयाँ थियो । चाँदीको मू्ल्यमा भने कुनै घटबढ भएको छैन सोहि दरमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्