एनआईसी एशिया लघुवित्तको लाभांश घोषणा

काठमाडौं २, कात्तिक । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।

लघुवित्तले आर्थिक वर्ष २०७९।०८० को मुनाफाबाट कर सहित १५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

कात्तिक १ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाबाट पारित गरेपश्चात यो लाभांश वितरण गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्