किमले लिए यस्तो महत्वपूर्ण निर्णय , निर्णयको अमरेरिकाले दियो यस्तो जवाफ

काठमाडौं । उत्तर कोरियाली नेता किम जङ उनले सबै क्षेप्यास्त्र परीक्षण स्थगित गर्ने र तत्काल लागू हुने गरी एउटा पारमाणविक परीक्षण केन्द्र बन्द गर्ने बताएका छन्।

सरकारी सञ्चारमाध्यमका अनुसार उक्त निर्णयको उद्देश्य शान्ति तथा आर्थिक वृद्धि हासिल गर्ने रहेको छ।

कोरियाली सेन्ट्रल न्यूज एजेन्सीले भनेको छ एप्रिल २१ बाट उत्तर कोरियाले पारमाणविक र अन्तरमहादेशीय बलिस्टिक क्षेप्यास्त्र परीक्षण बन्द गर्नेछ।

किमले आफ्ना दक्षिण कोरियाली समकक्षी मून जे९इनसँग आउने हप्ता भेटवार्ता गर्दैछन्।

उनले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पसँग पनि आउँदो जुनमा एउटा अभूतपूर्व शिखर बैठक गर्ने अपेक्षा गरिएको छ।

बहालवाला अमेरिकी राष्ट्रपति र कोरियाली नेताबीच बैठक भएको पहिलो पटक हुनेछ।

केही दिन अगाडि मात्रै किमसँग सीआइए प्रमुखले भेटेको ट्रम्पद्वारा पुष्टि भएको थियो ।

किमको निर्णयको अमरेरिकाले स्वागत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्