सानिमा बैंकद्वारा जेहन्दार छात्रालाई एक लाखको छात्रवृत्ती
काठमाडौं, असोज २४ । सानिमा बैंक कालिकोट शाखाले गरिव तथा जेहन्दार छात्रालाई एकलाख बराबरको छात्रवृत्ती रकम पर्दान गरेको छ ।
दूई जना छात्रालाई ५०–५० हजारको छात्रावृत्तिका लागि शैक्षिक साम्रागी प्रदान गरेको हो ।
जनजिवन माध्यामिक विद्यालय ताडी स्थित गरिब तथा जेहन्दार वडा नम्बर ७ निवासी स ंसंगिता पाण्डे र वडा नं ९ जन ज्योती मावि पाखा निवासी वर्षा अधिकारीलाई छात्रवृति प्रदान गरिएको छ ।
किर्डाक नेपालका संयोजक तुलाराम पाण्डे र सानिमा वैंक शाखा कालिकोट प्रवन्धक मछिन्द्र कुमार भण्डारीले प्रमाण पत्रसहित छात्रवृत्ती प्रदान गरेका हुन ।
सानिमा बैंकका शाखाहरुबाट संस्थागत उत्तरदायित्व शैक्षिक कार्यक्रम अन्तर्गत गरिब,जेहेन्दार तथा विपन्न परिवारका दुई जना विद्यार्थीलाइ प्रत्येक वर्ष एक लाख छात्रवृति प्रदान गर्दै आइरहेको छ
प्रतिक्रिया दिनुहोस्