कुमारी बैंकको योजना ‘टीकाअघि नै दक्षिणा’
काठमाडौं, असोज २२ । कुमारी बैंक लिमिटेडले दसैँलाई लक्षित गर्दै आफ्ना बचत खाताहरूमा विभिन्न आकर्षक सुविधासहित ‘टीकाअघि नै दक्षिणा’ योजना सार्वजनिक गरेको छ ।
बैंकले ‘टीकाअघि नै दक्षिणा’ योजनामा कार्ड तथा मोबाइल बैंकिङमार्फत भुक्तानी कारोबार गर्दा हरेक दिन पहिलो ५०–५० जनालाई बैंकले २५ प्रतिशत वा अधिकतम पाँच सय एक रुपैयाँसम्म क्यासब्याक दिइने जनाइएको छ । क्यासब्याक रकम पिओएस, क्युआर पेमेन्ट तथा अनलाइन पेमेन्टबाट हुने कारोबारमा प्रदान गरिने बैंकले जनाएको छ ।
यो योजना असोज २८ देखि कात्तिक ५ सम्म लागू हुने बैंकले जनाएको छ । बैंकले हाल देशभरमा तीन सय आठ शाखा, ४९ विस्तारित काउन्टर, तीन सय नौ एटिएम र ६४ शाखारहित बैंकिङ इकाइमार्फत सेवा दिइरहेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्