एक आपसमा जिप र मोटरसाइकल ठोक्किदा मोटरसाइकल चालकको मृत्यु

जिप र मोटरसाइकल एक आपसमा ठक्कर खाँदा शनिवार तनहुँको म्याग्दे गाउँपालिका–४मा सडकको घुम्तीमा जिप र मोटरसाइकल ठोक्किदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।
ग १२ प २०२३ नं को मोटरसाइकल दमौलीबाट पोखरा जाँदै गरेको थियो । ना २ च १५३९ नं को जिप विपरीत दिशाबाट आएर ठोक्किँदा उनको मृत्यु भएको हो ।
मोटरसाइकल चालक ठक्करबाट गम्भीर घाइते भएका थिय नाम, थर, वतन नखुलेका ती चालकको दमौली अस्पतालमा उपचारका क्रममा मृत्यु भएको र शव परीक्षणका लागि सोही अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिप चालकलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्