सिटिजन्स बैंक र गुरु ट्राभल्स लिमिटेडबीच समझदारी

काठमाडौं, असोज १६ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र दरबारमार्ग,काठमाडौं स्थित गुरुट्राभल्स लिमिटेडबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक ग्राहकहरूले गुरु ट्राभल्स लिमिटेड मार्फत विभिन्न अन्र्तराष्ट्रिय भ्रमण प्याकेजहरु लिदा रु १०,०००सम्मको छुट पाउनेछन् ।

यसका साथै गुरु ट्राभल्सको सिफारिसमा डलर÷ट्राभल्स कार्ड बनाउन आउने ग्राहकहरूलाई बैंकले कार्ड जारी शुल्कमा आकर्षक छुट दिने भएको छ । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ ।

बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहक मैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ ।

डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्तगर्न सकिनेछ ।सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १८८ वटा शाखा, १४८ वटा ए.टि.एम. ३ विस्तार काउन्टर र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १६लाख५० हजार भन्दा बढी ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरुप्रदानगर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्