‘आईएमई पे डिजिटल दशैँ तिहार’ अभियानमा आकर्षक क्यासब्याक तथा बम्पर उपहार

काठमाण्डाै – डिजिटल वालेट ‘आईएमई पे’ ले दशैँ, तिहार र छठलाई लक्षित गर्दै ‘आईएमई पे डिजिटल दशैँ तिहार’ अभियान सार्वजनिक गरेको छ ।

असोज १४ गतेदेखि शुरु भई मङ्सिर ३ गतेसम्म चल्ने ५० दिने अभियानअन्तर्गत हरेक दिन ५० जना सेवाग्राहीले विभिन्न कारोबारका लागि ‘क्यासब्याक’ को ‘प्रोमो कोड’ प्राप्त गर्न सक्ने आईएमई पेले जनाएकाे छ । त्यस्तै हरेक हप्ता एक जना सेवाग्राहीले ‘अल्टिमा लाइफस्टायल’ काे उपहार प्राप्त गर्ने र अन्त्यमा आठ जना विजेताले ५० हजार रुपैयाँ बराबरकाे उपहार प्राप्त गर्नेछन् ।

साथै ‘आईएमई पे’ मार्फत रेमिटेन्स प्राप्त गर्दा हरेक महिना एक जनाले एक लाख रुपैयाँ प्राप्त गर्ने र बम्परमा एक करोड रुपैयाँ प्राप्त गर्ने दाेहाेराे मौका रहेको आईएमई पेका प्रमुख कार्यकारी निर्देशक सीईओ प्रविन रेग्मीले बताउनुभयाे ।

यस अभियानसम्बन्धी विस्तृत जानकारी तथा नियम र सर्तहरू ‘आईएमई पे’ को आधिकारिक वेब पेजमा उपलब्ध हुनेछ ।

प्रतिक्रिया दिनुहोस्