सुनिता बुढाक्षेत्रीले जितिन सर्बौत्कृष्ट गायिकाको अवार्ड
काठमाडौं , असोज १२ । अहिलेकी चर्चित गायिका सुनिता बुढाक्षेत्रीले आठौं राष्ट्रिय लोक दोहोरी अवार्ड जितेकी छन् । उनी सर्बौत्कृष्ट गायिकाको अवार्ड हात पार्न सफल भएकी हुन् ।यसरि अवार्ड जित्न सफल हुँदा आफुलाई निकै खुशि लागेको र गित संगीतमा गरेको मेहन्तको फल प्राप्त भएको भन्दै सामाजिक संजालमा खुशि पनि व्यक्त गरिकी छन् ।
उनले लेखेकी छन् – जय माँ सरस्वती आज म धेरै खुशी छु,सिमा नै छैन खुशिको,गित संगीत मा गरेको मेहन्त को फल प्रप्त गर्न सफल भएकी छु सम्पुर्ण शुभचिन्तक हरु को साथ माया ,बुवा आमा अनि गुरुजनको आशीर्वाद ,अग्रजहरु को प्रेणा अनि कृपा ले आठौं राष्ट्रिय लोक दोहोरी अवार्ड को सर्बौत्कृष्ट गायिका को अवार्ड हात पार्न सफल भएकी छु ।मेरो सफलता सम्पुर्ण मेरा आफ्न्त ईष्ट मित्र लोकपारखी श्रोता अनि दर्शक हरु को माया को उपज हो,धेरै आभारी अनि कृतज्ञ छु सम्पुर्ण प्रती,यस्तै माया साथ सदाबहार पाईरहुं,सम्पुर्ण आयोजक तथा भोट गरेर मलाई जिताउनु यहाँ हरु सबै लाई हृदय देखि धन्यवाद ब्यक्त गर्न चाहान्छु
गायिका बुढाक्षेत्रीका थुर्पै गीतले बजार तताएको छ । सुमधुर आवजकी धनि हुन गायिका बुढाक्षेत्री! सुर्खेतकी चेलि अहिले काठमाडौंमा गीतसंगीतको क्षेत्रमा जमिरहेकी छन् । अझ धेरै सफलताको शुभकामना हाम्रो तर्फबाट पनि ।
प्रतिक्रिया दिनुहोस्