५ म्युचुअल फन्डको मूल्य समायोजन

काठमाडौं ११, असोज । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा ‘एनएमबि ५०’, ‘एनएमबि हाइब्रिड फन्ड एल–१’, ‘प्रभु सेलेक्ट फन्ड’ ‘सानिमा इक्विटी फन्ड’ र ‘सनराइज फस्ट म्युचुअल फन्ड’को नगद लाभांशमा मूल्य समायोजन भएको छ ।

नेप्सेले बुधबारको अन्तिम कारोबार मूल्यलाई आधार मानेर यिनीहरुको भाउ समायोजन गरेको हो । समोयोजन भाउलाई आधार मानेर आइतबार कारोबार खुला हुनेछ । ‘एनएमबि ५० र ‘एनएमबि हाइब्रिड फन्ड एल-१ को कर सहित १५% नगद लाभांश (प्रतिफल)मा भाउ समायोजन गरिएको छ ।

समायोजन पछि यिनीहरुको मूल्य क्रमशः ९ रुपैयाँ ७७ पैसा र ९ रुपैयाँ ८४ पैसा कायम भएको छ । एनएमबि ५० र हाइब्रिड फन्डको बुधबारको अन्तिम कारोबार मूल्य क्रमशः ११ रुपैयाँ २७ पैसा र ११ रुपैयाँ ३४ पैसालाई आधार मानेर भाउ समायोजन गरिएको हो । त्यस्तै, प्रभु सेलेक्ट फन्डको ९.५०% नगद लाभांश (कर सहित) मा मूल्य समायोजन भएपछि भाउ ८ रुपैयाँ ३० पैसा कायम भएको छ । बुधबारको अन्तिम कारोबार मूल्य ९ रुपैयाँ २५ पैसालाई आधार मानेर भाउ समायोजन गरिएको हो ।

सानिमा इक्विटी र सनराइज फस्र्ट म्युचुअल फन्डको क्रमशः १८% र १६.५% नगद लाभांशमा भाउ समायोजन गरिएको छ । सानिमाको बुधबारको अन्तिम कारोबार मूल्य ११ रुपैयाँ ७७ पैसालाई आधार मानेर भाउ समायोज गरिएको हो । समायोजन पछि यसको मूल्य ९ रुपैयाँ ९७ पैसा कायम भएको छ । यता, सनराइज फस्ट अन्तिम कारोबार मूल्य ११ रुपैयाँ २७ पैसालाई आधार मानेर भाउ समायोजन गरिएको हो । समायोजन पश्चात यसको भाउ ९ रुपैयाँ ६७ पैसा कायम भएको छ । समायोजन भएको मूल्यलाई आधार मानेर यिनीहरुको कारोबार खुला हुनेछ ।

प्रतिक्रिया दिनुहोस्