माछापुछ्रे बैंकले पनि सेयरधनीलाई लाभांस प्रस्ताब

माछापुछ्रे बैंक लि.ले तोकिएको पूँजी आठ अर्ब रुपैंया पुग्ने गरी लाभांस प्रस्ताव गरेको छ । यस अघि निष्काशन गरेको १२ प्रतिशत हकप्रदले समेत पाउने गरी बैंकले ९ प्रतिशत बोनस शेयर प्रस्ताव गरेको हो ।

बैंकले १२ प्रतिशत हकप्रद पछि ७ अर्ब ३८ करोड ५ लाख रुपैंया चुक्ता पूँजी बनाएको थियो । अब नौ प्रतिशत बोनस बितरण गरी पूँजी आठ अर्ब पुर्याउन लागेको हो । साथै बैंकले ६ प्रतिशत नगद लाभांस समेत बितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्तावित बोनस राष्ट्र बैंकबाट स्वीकृत भए पछि मात्र लाभांस साधारण सभाले अनुमोदन गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्