एभरेष्ट बैंकले बोलायो साधारण सभा, लाभांश प्रस्ताव पारित गर्दै
काठमाडौं ८, असोज । एभरेष्ट बैंक लिमिटेडले लाभांश प्रस्ताव पारित गर्न वार्षिक साधारण सभा बोलाएको छ । बैंकले असोज ३० गते मंगलबार लैनचौर ब्याङ्कवेट, काठमाडौँमा २९ औँ वार्षिक साधारण सभा बोलाएको छ ।
सभाले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थसहित १०।५३ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । त्यसैगरी, सभाले संस्थापक शेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा नियुक्त भएका सञ्चालकको नियुक्ति अनुमोदन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ ।
साधारण सभा प्रयोजनका लागि बैंकले असोज १६ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ । असोज १५ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले बैंकको साधारण सभामा सहभागिता जनाउन तथा बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।
प्रतिक्रिया दिनुहोस्