चन्द्र भण्डारीसहित आठजना नेता कांग्रेस केन्द्रीय सदस्यमा मनोनीत

काठमाडौं, असोज ४ ।  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले डा. चन्द्र भण्डारीसहित आठजना नेताहरुलाई केन्द्रीय कार्यसमिति सदस्यमा मनोनीत गरेका छन्।

चौधौँ महाधिवेशनमा डा. शेखर कोइराला प्यानलबाट उपसभापति पदमा उठेर पराजित भएका डा. भण्डारीसहित आठ नेतालाई देउवाले केन्द्रीय कार्यसमितिमा बिहीबार मनोनीत गरेका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन्।

कांग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा २१ को उपधारा (१०) बमोजिम ती नेताहरुलाई केन्द्रीय कार्यसमिति सदस्य बनाइएको हो।

देउवाले मानबहादुर विश्वकर्मा (अर्घाखाँची), अर्जुनप्रसाद जोशी (पर्वत), डा. चन्द्र भण्डारी (गुल्मी), शिवप्रसाद हुमागाईं (काभ्रेपलाञ्चोक), किरणराज शर्मा पौडेल (बाग्लुङ), भरतकुमार शाह (रुपन्देही), शारदा पौडेल (कास्की) र अनिलकुमार रुंगटा (पर्सा) लाई केन्द्रीय कार्यसमितिको सदस्य पदमा मनोनयन गरेका हुन्।

 

प्रतिक्रिया दिनुहोस्