आन्दोलनमा उत्रिएका १० हजार नर्स बर्खास्थ

काठमाडौं । सेवा–सुविधामा वृद्धि गर्नुपर्ने माग राख्दै आन्दोलनमा उत्रिएका दश हजार बढी नर्सलाई जिम्बाबे सरकारले बर्खास्त गरेको छ । आन्दोलनमा उत्रिएका नर्सहरुको माग सम्बोधन गर्न सरकारले पुनस् वृद्धि गरेको पारिश्रमिक र सेवा सुविधा समेत सन्तोषजनक नभएको भन्दै आन्दोलन जारी राख्दै काममा नफर्केपछि सरकारले उनीहरुलाई बर्खास्त गरेको हो ।

स्वास्थ्य क्षेत्रलाई पुनजीर्वित गर्नुपर्ने मुख्य चुनौती जिम्बाबे सरकारले व्यहोरिरहेको छ । केही समय अघि पनि सेवा सुविधा बढाउनुपर्ने माग राख्दै डाक्टरहरुले आम हड्ताल गरेका थिए ।

नर्सहरु हड्तालमा उत्रिएपछि बिरामीहरुको हेरचाह र उपचार नै प्रभावित भएपछि उनीहरुको जीवनरक्षाका लागि पछिल्लो कदम चाल्न बाध्य भएको जिम्बाबे सरकारले जनाएको छ ।

बर्खास्त गरिएका नर्सहरुको स्थानमा बेरोजगार र सेवा निवृत्त नर्सहरुलाई नयाँ अवसर प्रदान गर्ने जिम्बाबे सरकारले जनाएको छ । यद्यपी सरकारको पछिल्लो कदमपछि पनि नर्सहरुले आफ्नो आन्दोलन भने जारी राखेको बीबीसीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्