शेयर बजार ४ अङ्कले बढ्याे

काठमाण्डाै – शेयर बजार आज साेमवार सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज चार दशमलव २६ अङ्कले बढेर एक हजार नौ सय ६९ दशमलव १८ विन्दुमा पुगेको छ ।

आज बैंकिङ समूहबाहेक अरू सबै समूहको शेयर सामान्य बढेको छ । सबैभन्दा धेरै इमर्जिङ नेपाल र थ्री स्टार हाइड्रो पावर कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढे पनि शुभम् पावर कम्पनीको शेयर १० प्रतिशतले घटेकाे छ ।

आज २८ लाख ७४ हजार कित्ता शेयर ८७ करोड चार लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै रिलायबल नेपाल लाइफ इन्सुरेन्स कम्पनीको नौ करोड ३८ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

प्रतिक्रिया दिनुहोस्