नेपाल विद्यार्थीसंघको ४९ औँ स्थापना दिवस आज, विभिन्न कार्यक्रम गरी मनाइदै

काठमाडौं नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थीसंघको ४९ औँ स्थापना दिवस आज विभिन्न कार्यक्रम गरी मनाइदैछ । स्थापना दिवसको अवसर पारेर नेविसंघले देशभर, सुभकामना आदान–प्रदानलगायत रक्तदान कार्यक्रम आयोजना गरेको छ ।

विक्रम सम्बत २०२७ साल बैशाख ६ गते काठमाडौको स्वयम्भुको सत्तलमा सन्त नेता स्वर्गिय कृष्णप्रसाद भट्टराईले नेविसंघको स्थापना सभाको उद्घाटन गर्नुभएको थियो । त्यसयता बैशाख ६ लाई नेविसंघले स्थापना दिवसका रुपमा मनाउँदै आएको छ ।

स्थापना दिवसको अवसरमा नेविसंघ केन्द्रीय समितिले काठमाडौंमा वृहत शुभकामना आदान–प्रदान र जलपान कार्यक्रमको आयोजना गरेको छ ।

उक्त कार्यक्रममा पार्टी सभापति शेरबहादुर देउवा तथा पार्टीका शीर्ष नेताहरुले सुभकामना दिने कार्यक्रम रहेको अध्यक्ष नैनसिंह महरले जानकारी दिनुभयो । उहाँका अनुसार कार्यक्रममा स्थापनाकालदेखि हालसम्म नेतृत्व गरेका विद्यार्थी नेताहरुको पनि सहभागिता रहनेछ ।

प्रतिक्रिया दिनुहोस्