तमोर–मेवा जलविद्युत आयोजनाको सार्वजनिक सुनुवाई सम्पन्न
काठमाडौं । स्पार्क हाईड्रो ईलेक्ट्रिक कम्पनी लि. द्वारा प्रबद्र्घित तमोर–मेवा जलविद्युत आयोजनाको सार्वजनिक सुनुवाई सम्पन्न भएको छ । शुक्रबार विद्युत नियमन आयोगको कार्यलयमा ताप्लेजुङ्गको तमारे –मेवा १२८ मे.वा. उत्पादन हुने विद्युतको खरिदबिक्री दर निर्धारण तथा विद्युत खरिद सम्झौतामा सहमतिको लागि नेपाल विद्युत प्राधिकरणद्वारा पेश भएको निवेदन उपर छलफल गर्न सार्वजनिक सुनुवाइ कार्यक्रमको आयोजना गरिएको हो ।
सो कार्यक्रममा उपभोक्ता, उद्योगी, व्यवसायी, स्थानीय बासिन्दा, प्रतिनिधिमूलक संस्थाहरु, सञ्चारमाध्यम, स्थानीय तहका प्रतिनिधि, तथा सरोकारवालाहरुलाई सो कार्यक्रमा सहभागी हुन आह्वान गरिएको थियो ।
लामो समय देखि बैधता र प्रक्रियागत लडाई खेपिरहेको स्पार्क हाइड्रोइलेक्ट्रिक कम्पनीले नेपाल सरकार जलस्रोत तथा सिंचाई मन्त्रालयबाट विद्युत उत्पादन अनुमतिपत्र नेपाल विद्युत प्राधिकरणसँग पिपिए र सार्वजनिक सुनुवाई सम्पन्न भएपश्चात १२८ मेगावाट क्षमताको तमोर–मेवा जलविद्युत आयोेजना बन्ने निश्चित प्रायः भएको हो ।
तमोर खोलाको ७५ प्रतिशत पानी र मेवा खोलाको २५ प्रतिशत पानी प्रयोग हुने अध्यक्ष भानेन्द्रकुमार लिम्बूले जानकारी दिए । उनले करिव ९ किलोमिटर दूरी बराबरको सुरुङ मार्गमार्फत उक्त विद्युत उत्पादन गर्न लागिएको बताए ।
फुङ्लिङ नगरपालिका वडा नं. १, २, ३ र ९, मिक्वाखोला गाउँपालिका वडा नं. १, २ र ३ ९ साविक खोक्लिङ र लिबाङ गाविस. मेरिङ्देन वडा नं. ३ र ४ ९ साविक खाम्लुङ र लिङ्तेप गाविस. तथा आठराई त्रिबेणी गाउँपालिका वडा नं. २, ३ र ५ ९ साविक फुलबारी, हाङ्पाङ र चाँगे गाविस.आयोजना प्रभावित हुने क्षेत्रमा पर्छ । स्पार्कले यसअघि नै प्रभावित क्षेत्रमा सार्वजनिक सुनवाइ, वातावरणीय प्रभाव मूल्याङ्कन लगायतका कार्य सम्पन्न गरिसकेको छ ।
सो कार्यक्रममा विद्युत नियमन आयोगका अध्यक्ष दिल्लीबहादुर सिंहले तमोर–मेवा जलविद्युत आयोजनाको उपभाग गर्ने ३५ वर्षे अवधि सकिन २७ वर्ष बाँकी रहेकाले छिटोभन्दा छिटो आयोजना सम्पन्न गर्न लगानीकर्ताहरुलाई आग्रह गरे । लगानी कर्ता, प्रभावित तथा सर्वसाधारण र राज्यलाई समेत फाइदा हुने गरि आयोजनालाई अगाडि बढाउनु पर्नेमा उनको जोड थियो ।
बैंक तथा वित्तिय संस्थाबाट दीर्घकालिन आयोजना ऋण ७५५ ९प्रतिशत० र स्वलगानी २५५ ९प्रतिशत० अर्थात् ऋण र स्वलगानीको औषत ७५स्२५ छ । दीर्घकालिन ऋणतर्फ कुमारी बैंकको अगुवाईमा लागतको ७५५ ९प्रतिशत० कन्सोर्टियम ऋण लगानी गर्ने कुमारी बैंकले जिम्मेवारी लिएको प्रतिबद्धता पत्र जारी गरिसकेको छ । यो कम्पनी पब्लिक कम्पनी भएकोले स्वलगानीतर्फको पूँजी व्यवस्थापनको लागि २०५ ९प्रतिशत० सर्वसाधारण र १०५ ९प्रतिशत० आयोजना प्रभावित जनताको लागि छुट्याइएको छ । स्वलगानीको व्बाँकी ७०५ ९प्रतिशत० लगानी प्रबर्धक कम्पनीले संस्थापक शेयर बिक्री गरी जुटाउनेछ ।
यो आयोजनाको निर्माण सन् २०२१ अर्थात् २०७७ को अन्तिमबाट सुरु गरी सन् २०२६ अर्थात् २०८३ मा सम्पन्न गर्ने लक्ष्य छ । यो आयोजनाको निर्माण अवधि ५ वर्षको हुनेछ ।
प्रतिक्रिया दिनुहोस्