शेयर बजार ४४ अङ्कले बढ्यो, १ अर्ब ५१ करोड रुपैयाँको कारोबार

काठमाण्डाै – शेयर बजार आज साेमवार पनि बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ४४ दशमलव ३० अङ्कले बढेर एक हजार नौ सय ८६ दशमलव ९९ विन्दुमा पुगेको छ ।

आज सबै समूहको शेयर बढेकोमा होटल, जलविद्युत्, लघुवित्त र बीमा समूहको शेयर उच्च अङ्कले बढेको छ । सबैभन्दा धेरै थ्री स्टार हाइड्रो र मेन्छियाम हाइड्रोपावर कम्पनीको शेयर झन्डै १० प्रतिशतले बढेको छ ।

समग्रमा बजार हरियाली भएको दिन सबैभन्दा धेरै हिमालयन एभरेस्ट इन्सुरेन्सको प्रमोटर शेयर झन्डै आठ प्रतिशतले घटेको छ ।

आज ४७ लाख ४२ हजार कित्ता शेयर एक अर्ब ५१ करोड ८३ लाख रुपैयाँमा कारोबार भएका छन् ।

सबैभन्दा धेरै साल्ट ट्रेडिङ कर्पोरेशनको छ करोड २५ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

प्रतिक्रिया दिनुहोस्