एड्भान्स्ड अटोमोबाइल्स र सानिमा बैंकबीच सम्झौता
काठमाडौं, भदौ २४ । नेपालका लागि रेनो गाडीको आधिकारीक वितरक एड्भान्स्ड अटोमोबाईल्स् र सानिमा बैंकबीच अटो लोन सम्झौतामा हस्ताक्षर भएको छ।
नजिकिँदै गरेको दशैं तिहार र बहुप्रतिक्षित नाडा अटो शोलाई ध्यानमा राख्दै ग्राहकलाई सहुलियत ब्याजदरमा सवारी कर्जा उपलब्ध गराउन यस सम्झौतामा हस्ताक्षर गरिएको कम्पनीले जनएको छ।
यस सम्झौतामा एड्भान्स्ड अटोमोबाइल्स प्रालिका जेनेरल म्यानेजर अधीर कुमार श्रेष्ठ र सानिमा बैंक लिमिटेडको रिटेल लेन्डिङ डिपार्टमेन्ट हेड विशाल दाहालद्वारा हस्ताक्षर गरिएको छ।
यस सम्झौता अनुसार रेनोको क्विड, ट्राइबर र किगर मोडेल खरिद गर्न चाहने ग्राहकवर्गले सानिमा बैंक मार्फत सहुलियत दरमा फाइनान्सको सुविधा पाउन सक्नेछन्। यो सुविधा रेनोका देशभरका आधिकारिक डिलरहरु र नजिकको सानिमा बैंकको शाखामा पनि उपलब्ध हुनेछ।
यसको साथसाथै रेनोले नजिकिँदै गरेको चाड्पर्वलाई लक्षित गरेर ‘रेनो शुभ कार रम्भ’ योजना पनि ल्याएको छ।
प्रतिक्रिया दिनुहोस्