अफगानिस्तानमा दुइतर्फी गोली हानाहान १० को मृत्यु

काठमाडौ । अफगानिस्तानको फर्याबमा अवस्थित एक प्रहरी जाँच चौकीमा भएको दोहोरो गोली हानाहानमा परी १० जना व्यक्तिको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ८ जना तालिबान आतङ्ककारी र २ जना सुरक्षा कर्मि रहेका छन् । उक्त कुराको जानकारी उत्तरी क्षेत्रमा रहेको अफगान सुरक्षा प्रवक्ताले बुधबार दिएका छन् ।

सिरिन तगाब जिल्लास्थित शास तेवा क्षेत्रमा रहेको सुरक्षा जाँच चौकीमा मंगलबार राति आएका तालिवान आतङ्ककारी समूहले आक्रमण शुरु गरेका थिए । उक्त आक्रमणपछि तालिबान र सुरक्षा अधिकारीबीच दुइतर्फी गोली हानाहान भएको जनाइएको छ ।

दोहोरो गोली हानाहान तीन घण्टासम्म भइरहेको र आठ आतङ्ककारीको मृत्यु हुनाका साथै अन्य ६ जना घाइते भएका छन् ।

दोहोरो गोली हानाहानका क्रममा २ सुुरक्षा अधिकारीले ज्यान गुमाएका छन् भने अन्य दुईजना सामान्य घाइते छन् ।

 

प्रतिक्रिया दिनुहोस्