शेयर बजार साढे ६ अङ्कले घट्यो

काठमाण्डाै – शेयर बजार आज मङ्गलवार साढे छ अङ्कले घटेको छ । हिजो साेमवार सात अङ्कले बढेको शेयर बजार परिसूचक नेप्से आज छ दशमलव ४५ अङ्कले घटेर एक हजार नौ सय ६१ दशमलव ३७ विन्दुमा झरेको छ ।

आज उत्पादन र व्यापारबाहेक अरू सबै समूहको शेयर सामान्य घटेको छ । सबैभन्दा धेरै आरबीबी म्यचुअल फन्ड–२ र लिबर्टी इनर्जी कम्पनीको शेयर १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन आज एनएमबी माइक्रोफाइनान्स र नेरुडे लघुवित्तको शेयर १० प्रतिशतले बढेको छ ।

आज २४ लाख ८० हजार कित्ता शेयर ७९ करोड ६८ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै हिमालयन एभरेस्ट इन्सुरेन्स कम्पनीको सात करोड ५८ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

प्रतिक्रिया दिनुहोस्