शेयर बजार पाँच अङ्कले बढ्यो
काठमाडौं, भदौ ११ । शेयर बजार आज साेमवार सामान्य बढेको छ । हिजो आइतवार २० अङ्कभन्दा धेरैले घटेको शेयर बजार परिसूचक नेप्से आज पाँच दशमलव शून्य नाै अङ्कले बढेर एक हजार नाै सय ९८ दशमलव ४८ विन्दुमा पुगेको छ ।
आज जलविद्युत्, उत्पादन, माइक्रोफाइनान्स र अन्य समूहको शेयर सामान्य घटेको छ भने अरू समूहको शेयर सामान्य बढेको छ । आज सबैभन्दा धेरै कुथेली बुखारी जलविद्युत् कम्पनीको शेयर १० प्रतिशत तथा लक्ष्मी सनराइज बैंक र सिटी होटलको शेयर साढे चार प्रतिशतले बढेको छ । आज सबैभन्दा धेरै स्वाभिमान लघुवित्तको शेयर झन्डै साढे चार प्रतिशतले घटेको छ ।
आज कारोबार रकम तीन महिनायताकै कम भएको छ । गएको जेठ ११ गते यता आज पहिलो पटक शेयर बजारको कारोबार एक अर्ब रुपैयाँभन्दा कममा सीमित भएको हो । ३६ लाख ७० हजार कित्ता शेयर ९८ करोड ८६ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै लक्ष्मी सनराइज बैंकको सात करोड ३१ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।
प्रतिक्रिया दिनुहोस्