कार्कीको निधनमा कांग्रेसले दुई दिन पार्टी झण्डा आधा झुकाउने
काठमाडौं , भदौ ७ । कांग्रेसका नेता डा. राजाराम कार्कीको निधनको शोकमा नेपाली कांग्रेसले बिहीबार र शुक्रबार पार्टीको झण्डा आधा झुकाउने भएको छ ।
बिहीबार बिहान बसेको केन्द्रीय समितिको बैठकले कार्कीको निधनमा शुक्रबार केन्द्रीय र जिल्ला कार्यालयहरु बन्द गर्ने र बिहीबार र शुक्रबार पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको हो ।
६६ वर्षका कार्कीको बुधबार निधन भएको थियो । कार्कीको बिहीबार पशुपति आर्यघाटमा दाहसंस्कार गरिने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्