सानिमा बैंकले गर्यो दराजसंग सहकार्य, ग्राहकले विशेष छुट पाउने
काठमाडौं, भदौ ६ । सानिमा बैंकले ग्राहकहरुका लागि दराजसंग ‘दराज मन्थ्ली पे डे’ योजना अन्तर्गत विशेष छुट दिने सहकार्य गरेको छ ।
ग्राहकहरुले सानिमा बैंकको डेबिट वा क्रेडिट कार्डबाट दराजमा अग्रीम भुक्तानी गर्दा भाद्रदेखि आगामी साउन महिनासम्म हरेक महिनाको ७ गते विशेष छुट प्राप्त गर्न सक्नेछन् ।
ग्राहकहरुले डेबिट कार्डबाट भुक्तानी गर्दा १५ प्रतिशत वा अधिकतम् पाँच सय रुपैयाँसम्मको छुट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा २० प्रतिशत वा अधिकतम् ७५० रुपैयाँसम्मको छुट प्राप्त गर्न सक्नेछन् । छुट प्राप्त गर्न ग्राहकहरुले दराज एपमा भौचर संकलन गर्नुपर्नेछ ।
यसैगरी क्रेडिट कार्ड प्रयोगकर्ताहरुले मासिक किस्ताबन्दी सुविधा पनि प्राप्त गर्न सक्नेछन् । उक्त छुट प्राप्त गर्न ग्राहकहरुले आफ्नो डेबिट वा क्रेडिट कार्डमा अनलाइन पेमेन्ट सेवा सुचारु गरी सक्नुपर्ने हुन्छ ।
प्रतिक्रिया दिनुहोस्