आर्थिक वर्षको पहिलो महिना २.२८ प्रतिशतले घट्यो वैदेशिक व्यापार, आयात–निर्यात कति ?

काठमाडौं, भदौ ६ ।  चालु आर्थिक बर्ष २०८०र८१ पहिलो महिना साउनमा वैदेशिक व्यापार २.२८ प्रतिशतले घटेको छ ।

भन्सार विभागले सार्वजनिक गरेको वैदेशिक व्यापारको तथ्याङ्क अनुसार चालु आर्थिक बर्षको पहिलो महिनामा १ खर्ब ४६ अर्ब ९ करोड ५७ लाख ६६ हजार रुपैयाँको वस्तु आयात भएकोमा यो वर्षको साउनमा १ खर्ब ४२ अर्ब ७६ करोड ७६ लाख २७ हजारको निकासी भएको छ ।

विभागका तथ्यांक अनुसार एक महिनामा कुल व्यापार घाटा १ खर्ब १५ अर्ब ७१ करोड ३ लाख १५ हजार रुपैयाँ छ । गत आर्थिक वर्षको साउन महिनाको व्यापार घाटा १ खर्ब १६ अर्ब ४७ करोड ६३ लाख ६५ हजार रुपैयाँ रुपैयाँ बराबरको थियो । यो एक महिनामा व्यापार घाटा ०.६६ प्रतिशतले गिरावट देखिएको छ ।

यता चालु आर्थिक बर्षको पहिलो महिनामा निर्यात ८.६५ प्रतिशतले घटेको छ भने आयात पनि १.५६ प्रतिशतले घटेको छ । गत वर्ष साउनमा १४ अर्ब ८० करोड ९७ लाख रुपैयाँ बराबरको वस्तु तथा सेवा निर्यात भएकोमा चालु आर्थिक बर्षको साउनमा १३ अर्ब ५२ करोड ८६ लाख ५६ हजारको मात्र वस्तु निर्यात भएको भन्सार विभागले जनाएको छ ।

यस्तै, गत वर्षको साउनमा १ खर्ब ३१ अर्ब २८ करोड ६० लाख ६६ हजारको वस्तु आयात भएकोमा चालु आर्थिक बर्षको पहिलो महिनामा १ खर्ब २९ अर्ब २३ करोड ८९ लाख ७१ हजारको वस्तु आयात भएको हो । वैदेशिक व्यापारमा निर्यातको हिस्सा ९.४८ ६.५२ प्रतिशत गिरावट र आयातको हिस्सा ९०.५२ ०.७४ प्रतिशत वृद्धि रहेको छ ।

प्रतिक्रिया दिनुहोस्