डेंगीबाट दुई महिनामा १३ जनाको मृत्यु, साढे १७ हजार संक्रमित
काठमाडौं , भदौ ६ । नेपालमा डेंगी संक्रमणबाट पछिल्लो दुई महिनामा १३ जनाको मृत्यु भएको छ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)को तथ्यांकअनुसार जुलाईयता १३ जना संक्रमितको मृत्यु भएको हो । मृत्यु हुनेमा १२ जना सुनसरी र एकजना चिनवनका रहेका छन् । जनवरीयता अगस्ट २२ सम्म १७ हजार ४०९ जनामा डेंगी संक्रमण पुष्टि भएको छ ।
सबैभन्दा धेरै सुनसरीमा नौ हजार १५९ जना संक्रमित भएका छन् । मोरङमा एक हजार ९४५, धादिङमा एक हजार ८९० र झापामा ९४६ जना संक्रमित भएका छन् ।
काठमाडौं उपत्यकामा पनि डेंगी फैलिँदो क्रमममा छ । उपत्यकामा तीन जिल्लामा गरी ६८९ जना संक्रमित भएका छन् ।
अगस्टका २२ दिनमा देशभर नौ हजार ५६६ संक्रमित थपिएको ईडीसीडीको तथ्यांक छ ।
प्रतिक्रिया दिनुहोस्