तीनपाटनमा कृषिनै समृद्धिको स्रोतः अध्यक्ष कर्ण बहादुर मगर
काठमाडौं, ५ भदौ । सिन्धुलीको तीनपाटनको सवृद्धिको आधार कृषि, स्वास्थ्य, शिक्षा र भौतिक पूर्वाधार भएकाले यसलाइै नै प्राथमिकतामा राखी काम गर्दै आएको तीनपाटन गाउँपालिकाका अध्यक्ष कर्ण बहादुर मगरले बताएका छन् ।
रेडियो आहाका लागि पत्रकार रन्जित धमलासँगको कुरा गर्दै अध्यक्ष मगरले यस्तो बताएका हुन् । पालिकालाई सवृद्धि बनाउन सबै तह र तप्काका व्यक्ति तथा सरोकारवालाहरुको सहयोग कुन क्षेत्रलाई प्राथमिकता राखेर काम गर्दा सहज हुन्छ भन्ने कुरामा छलफल र सहकार्य गर्दा पहिलो सवृद्धिको आधार कृषि, स्वास्थ्य, शिक्षा र भौतिक पूर्वाधार भएकाले यसलाई नै प्राथमिकतामा राखी काम आएको उनले पुष्टि गरे ।
तीनपाटन गाउँपालिकाले दलित महिला र छोरीलाई उच्च शिक्षा हाँसिल गर्न सहज होस् र लक्षित वर्गलाई शिक्षाको पहुच वृद्धि गर्ने उद्वेश्यले शासुको इच्चा बुहारीलाई शिक्षा कार्यक्रम ल्याएको पनि बताए । उक्त शिक्षाले त्यहाँका शासु , बुहारी छोरीलाई न्यान दिन्छ र सम्बन्ध पनि सुधार हुन्छ भन्ने विश्वास आफुमा रहेको उनले बताए । उक्त शिक्षा लिएबापत लाग्ने शुल्क गाउँपालिकाले व्यहोर्ने कार्यविधि बनाएको उनको भनाइ छ । अहिले दलित र पिछडिएको वर्गलाई पहिलो प्राथमीकता दिएको र पछि विस्तारै अन्य समुदायलाई पनि समेट्ने प्रयासरतमा आफुहरु प्रतिवद्धता व्यक्त गरे ।
कृषिबाटै जनताको जीवनस्तर उकास्न सकिने र तीनपाटन पनि कृषिका लागि उर्वर भूमि भएकाले यसलाई प्राथमिकतालाई ध्यान दिंदै किसान लक्षित विभिन्न कार्यक्रम ल्याएको बताए । कृषिमा विउविजन, पकेट क्षेत्र निधारण, उत्पादित बस्तुलाई बजारीकरण गर्न पालिकाले नै व्यवस्था गरेको उनले जनाए । साथै उनले ठूला उद्योगहरुको सम्भावना नभएको तर कृषिको सम्भावना भने एथेस्ट रहेको बताए ।
गाउँपालिका भित्र रहेका जनतालाई कृषि क्षेत्रमा आवद्ध गराउन पर्छ भनेर पशुपालन, तरकारी खेतीलगाएतमा आफुले लगानी गरेको उनले बताए । धेरै किसाानहरुले यसमा लगानी गरेर आयस्रोत बढाएको पनि उनले उल्लेख गरे । यसका लागि बजार व्यवस्थापनामा पनि आफुहरुको ध्यानाकर्षण भएको टिप्पणी गरे । केहि सहकारीहरुलाई गाडिको सुविधा पनि दिएको उनले जनाए । कृषि क्षेत्रबाटै मात्र यहाँको आयस्रोत बढ्ने आफुले देखेको बताए ।
उनले भने , पहिलो कार्यकालमा आफुले गरेको प्रतिवद्धताहरु पुरा गरेर नै यहाकाँ जनताले दोस्रो कार्यालमा मलाई जिताएका हुन् । पहिलो कार्यकालमा प्रत्येक केन्द्रको वडासम्म जाने सडकमा ग्राबेल गरें । अहिले ति सडक सुचारु छन् अनि बिजुली वत्तीको सुविधामा पनि केहि अपेक्षा अनुसार नै कार्य भयो ।
जनप्रतिधिप्रति वितृष्णा बढेको भन्दै उनले जनताको अपेक्षा अनुसार काम गर्नु पर्नेमा उनले जोड दिए । सिमित स्रोतसधानलाई सहि ढंगले सदुपयोग गर्नु पर्ने आवश्यकता रहेको उनले औंल्याए । जनताको अपेक्षा विकासमा मात्रै नभएको बताउँदै उनले उहाँहरुको सुखदुख तथा समस्या अनि अप्ठ्यारोमा पनि हातेमालो गरे की गरेनन् र आएकी आएनन भन्ने कुराले पनि महत्व राख्ने जनाए । आफुले जनताको लागि लागिपरेको र आगामी दिनमा पनि सहि र सरल ढंगले अगाडि बढ्ने प्रतिवद्धता उनले गरे ।
स्वास्थ्य र शिक्षामा आफुले बढि ध्यान भएको बताउँदै उनले भने, हिजो ८ वटा मात्रै स्वास्थ्य संस्था थिए तर अहि मैलै थपेर १७ वटा पुराएँ, त्यति मात्रै होइन २१ वटा स्वास्थ्य एकाइहरु पनि बनाएको छु । स्वास्थ्य वीमालाई पनि व्यवस्थित बनाएको उल्लेख गर्दै उनले यसका लागि विभिन्न कार्यक्रम बनाएको जनाकारी दिए । अहिले २१ वटा संस्थाबाट स्वास्थ्य सेवा प्रवाहा भइरहेको खुलाए ।
अब यो आर्थिक वर्षमा बिजुली वत्ती नपुगेको ठाउँमा बिजुली बत्ती पुग्ने दावी उनले गरे । सडक सञ्जालका हिसाबाले विकट भएकोले विकासको गति सुस्त भएको उनले बताए । सकड सञ्जालको पहुँच नहुँदा सदरमुकामबाट आवत –जावत गर्न पनि कठिनाइ हुने गरेको उनले जनाए ।
उक्त कुराले सडक, विद्युत निमार्णका कुरा लगाएत भौतिक पुर्वाधारका सम्पूर्ण कार्यमा असार परेको उनको भनाइ छ । यष्सले गर्दा सोच अनुसारको विकास हुन नसकेको उनको ठहरछ ।
तर पनि आफुले आफ्नो कार्यकालमा विकासका कुराले गति बढाएको र धेरै अगाडि बढिसकेको अवस्था सिर्जना भएको स्पष्ट पारे । उनले भने, कालोपत्रेले सडक नजोडिए पनि ग्रावेल गेरेर सडक भने सबैवडामा जोडिएको छ । बाँकी रहेका सडकहरुको पनि मर्मत भइरहेका छन् । अबको एक दुई वर्षमा गाउँपालिका केन्द्रसम्म कालोपत्रे बाटो आइपुग्छ । अरु बाटोको स्तरोन्नती लागि पनि मन्त्रालयसँग छलफल तथा समन्वय भइरहेको छ ।
तीनपाटन फाँट सेन्टर पर्ने हुँदा यो फाँट कृषि तथा औद्योगिक क्षेत्रको रुपमा विकास गर्न सक्ने प्रबल सम्भावना देखिन्छ । तीनपाटन गाउँपालिका नेपालको बागमती प्रदेश अन्तर्गत सिन्धुली जिल्लामा पर्दछ ।
प्रतिक्रिया दिनुहोस्