सिटिजन्स क्यापिटल र ठूलो खोला हाईड्रोपावरबीच साधारण शेयर निष्काशन सम्बन्धी सम्झौता

काठमाडौं, भदौ ३ । सिटिजन्स क्यापिटल लिमिटेड र ठूलो खोला हाईड्रोपावर लिमिटेड बीच खिचापोखरी,काठमाण्डौमा साधारण शेयर निष्काशन सम्बन्धी सम्झौता भएको छ ।

आज एक समारोह बीच भएको उक्त सम्झौतामा ठूलो खोलाहाईड्रोपावर लिमिटेडका तर्फबाट संचालक स्वेता अधिकारी पन्त तथा सिटिजन्स क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गर्नुभयो ।

सम्झौता अनुसार सिटिजन्स क्यापिटल लिमिटेडले निकट भविष्यमा ठूलो खोला हाईड्रोपावर लिमिटेडको सार्वजनिक निष्काशन गर्नेछ ।

ठूलो खोला हाईड्रोपावर लिमिटेडले निमार्ण गरिरहेको आयोजना“माथिल्लो ठूलाखोला ए जलविद्युत आयोजना”म्याग्दी जिल्लामा अवस्थित रहेको छ ।

सो योजना २२.५ मेगावाट बिजुली उत्पादन क्षमताको रहेको छ ।

प्रतिक्रिया दिनुहोस्