थप ५ कम्पनीले पाए ब्रोकर लाइसेन्स

काठमाडौं, भदौ १ । नेपाल धितोपत्र बोर्डले थप कम्पनीलाई ५ सेयर ब्रोकर लाइसेन्स दिएको छ ।

३२ साउनमा बसेको बोर्ड सञ्चालक समितिको बैठकले ३ वटालाई सीमित कार्य गर्न र २ वटालाई पूर्ण कारोबार गर्ने गरी ब्रोकरको अनुमति दिएको हो ।

पूर्ण कारोबार गर्ने अनुमति पाउनेमा हिमालयन सेक्युरिटिज लिमिटेड सुन्धारा र सनी सेक्युरिटिज कम्पनी लिमिटेड नक्शाल छन् ।

बोर्डले २०७९ असोजमा ३० दिनको म्याद सहित सेयर ब्रोकरको लाइसेन्सका लागि आवेदन माग गरेको थियो ।

आवेदन दिएका ४५ मध्ये ४३ कम्पनीलाई लाइसेन्सको पूर्वस्वीकृति दिएकोमा हालसम्म ३७ कम्पनीले लाइसेन्स पाइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्