भिभान्त डेन्टल हस्पिटलमा सिटिजन्स बैंकका ग्राहकलाई छुट

काठमाडौं, साउन ३० ।  सिटिजन्स बैंकका ग्राहकले कमलपोखरीको भिभान्ता डेन्टल हस्पिटलमा छुट पाउने भएका छन्। त्यसका लागि बैंक र हस्पिटलबीच सम्झौता गरिएको छ।

बैंकका कार्डबाहक ग्राहकले भिभान्त डेन्टल हस्पिटलमा २० प्रतिशतसम्म छुट पाउने सम्झौतामा उल्लेख छ।

उक्त सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुने र डिजिटल कारोबार बढ्ने विश्वास बैंकको छ।

 

प्रतिक्रिया दिनुहोस्