ग्लोबल आइएमई बैंकका ग्राहकलाई मेट्रो मार्टमा १५ प्रतिशत छुट

काठमाडौं, साउन ३० ।  ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना ग्राहकहरूलाई मेट्रो मार्टको काठमाडौं उपत्यका भित्रका स्टोरहरूबाट सामान किन्दा छुट पाउने भएका छन् ।

बैंकका ग्राहकहरूले स्मार्ट क्यूआरमार्फत पेमेन्ट गर्दा १५ प्रतिशतसम्म पाउने बताइएको छ ।

यो योजनाअन्तर्गत ग्लोबल आइएमई बैंकको मोबाइल एप ‘ग्लोबल स्मार्ट प्लस’ बाट स्मार्ट क्यूआर स्क्यान गरी भुक्तानी गर्दा १५ प्रतिशतसम्म छुट पाइनेछ । यो योजनामा एक पटकको खरिदमा २०० रूपैयाँसम्म र योजना अवधिभर ५०० रुपैयाँसम्म छुट पाइनेछ ।

यो योजना सीमित अवधिका लागि काठमाडौं उपत्यकाभित्रका मेट्रो मार्टको जोरपाटी, सानेपा र पेप्सीकोलास्थित स्टोरहरूमा लागु हुने बैंकले जानकारी दिएको हो ।

बैंकले ग्राहकको सुविधालाई मध्यनजर गरी समय–समयमा यस्ता योजनाहरू ल्याएर ग्राहकहरूलाई प्रत्यक्ष रूपमा लाभान्भित गर्दै आएको छ ।

ग्लोबल आइएमई बैंकले ३५९ शाखा कार्यालय, ३६७ एटीएम, ३२२ शाखारहित बैंकिङ सेवा, ६४ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा तीनवटा वैदेशिक प्रतिनिधि कार्यालयमार्फत सेवा दिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्