५ नगरपालिकाका विद्यालय बन्द

काठमाडौं, साउन २८ । स्याङ्जामा आँखा पाक्ने तथा दुख्ने संक्रमण बढ्न थालेपछि ५ वटा नगरपालिकामा विद्यालय बन्द गरिएको छ ।

सक्रमण बढेसँगै पालिकामा सामुदायिक तथा संस्थागततर्फका बिद्यालय बन्द गरिएका हुन् ।

केही दिनदेखि आँखा पाक्ने रोग देखिएपछि गल्याङ्, वालिङ्, भीरकोट, चापाकोट, पुतलीबजार नगरपालिकाले थप संक्रमण फैलिन नदिनका लागि भन्दै ४ देखि ६ दिनसम्मका लागि विद्यालय बन्द गर्ने निर्णय गरेका हुन् ।

ग्रामिण क्षेत्रमा भन्दा बजार क्षेत्रका पालिकाहरुमा आँखा पाक्ने रोगको संक्रमण बढी देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्