फिल्म ‘गदर २’ ले ४० करोड कमाउँदा ‘ओ माइ गड २’ १० करोडमा सीमित

काठमाडौं, साउन २८ ।  गत शुक्रबारदेखि बलिउड फिल्म ‘गदर २’ र ‘ओ माइ गड २’ प्रदर्शन भइरहेको छ।

एकै दिनबाट प्रदर्शनमा आएका यी फिल्मलाई प्रतिस्पधिको रुपमा हेरिएको थियो। यी दुवै फिल्मलाई भारतीय फिल्म समीक्षकहरूले सकारात्मक प्रतिक्रिया दिइरहेका छन्।

बक्स अफिसमा भने अक्षय कुमारको ‘ओ माइ गड २’ भन्दा सनी देओलको ‘गदर २’ अगाडि देखिएको छ।

भारतीय सञ्चार माध्यमहरुका अनुसार ‘गदर २’ ले पहिलो दिन ४० करोड १० लाख भारू कमाएको छ भने ‘ओ माइ गड २’ ले १० करोड २६ लाख भारू कमाएको छ।

‘गदर २’ ले पहिलो दिनमा ४० करोड बढी कमाउदा ‘ओ माइ गड २’ भने १० करोड मै सिमित हुन परेको छ।

बलिउड अभिनेता सनी देओल र अमीषा पटेल अभिनीत फिल्म ‘गदर २’ २२ वर्षपछि सिक्वेलको रुपमा बनेको हो।

सेनामा भर्ती भएका तारा सिंहका छोरा पाकिस्तान सेनाको कब्जामा पर्छन्। उनलाई सेनाको कब्जाबाट छुटाउन तारा सिंहले गरेको संघर्षलाई फिल्ममा देखाइएको छ।

यता बलिउड अभिनेता अक्षय कुमार अभिनीत फिल्म ‘ओ माइ गड २’ सन् २०११ को हिट फिल्म ‘ओह माइ गड’को सिक्वेल हो।

प्रतिक्रिया दिनुहोस्