पुडासैनीको समृद्धिको हुटहुटी सार्वजनीक

काठमाडौं, २६ साउन । समृद्धिको हुटहुटी (सुशासन र समृद्धिका १०१ पाइला) सार्वजनीक भएको छ ।
नेपाल बैंकका बैंकर आश्विनीकुमार पुडासैनीद्वारा लिखित समृद्धिको हुटहुटी (सुशासन र समृद्धिका १०१ पाइला) पुस्तक लेखक पुडासैनीले आफूलाई हृदयाघात भएकै दिन र हृदयाघातको उपचार गरेका चिकित्सक गंगालाल हृदय केन्द्रका मुटुसर्जन डा.अरूण मास्केको हातबाट पुस्तक विमोचन गरेका हुन् ।
लेखक आश्विनीकुमार पुडासैनीको जीवनमा यहि साउन २६ गते यस्तो भूकम्प गयो, जुन भूकम्पले उनलाई मृत्युको बोध गरायो र त्यो मृत्युको मुखबाट फुत्किएर आउन मुटुरोग विशषज्ञ डा.अरुण मास्केको टिम र नेपाल बैंक कर्णाली प्रदेश शाखा सुर्खेतदेखि गंगालाल हृदय केन्द्र काठमाडौंसम्म ल्याउन विशेष सहयोग भएकैले गर्दा आज समृद्धिको हुटहुटी सार्वजनीक गर्न मेसो जुटेको हो ।

हुन त उनले समाजलाई सकारात्मक सोचको विकास गर्ने उदेश्यकासाथ बत्तिमुनिको उज्यालो यस अघि नै ल्याईसकेका छन् ।
समृद्धिको हुटहुटी पुस्तकबाट समाजमा केहि गर्छु भन्नेलाई पे्ररणाको स्रोतसमेत हुने सर्जकहरुले बताएका छन् । पुस्तकमा जीवनको समृद्धि कसरी गर्नेदेखि देशलाई समृद्धिमा लैजान कुन कुन क्षेत्रमा रुपान्तरण र परिवर्तन गर्नुपर्छ भन्ने विषय समेटेका छन् ।

कार्यक्रममा वरिष्ट साहत्यिकार ध्रुव आचार्य, कृष्णा हाछेथु, नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारी, पुस्तकका सम्पादक शरदचन्द्र वस्तीलगायतका व्यत्विहरु पर्यटन व्यवसायी ज्योती अधिकारी लगायतले पुस्तकको विषयमा चर्चा गरेका थिए ।

लेखक पुडासैनीको हृदयाघातको बोधः लेखक पुडासैनी नेपाल बैंक कर्णाली प्रदेश शाखाप्रमुखको रूपमा काम गर्दै थिए। उनले जीवनमा कहिल्यै एक्कासि हृदयाघात होला, यति ठुलो रोग आफ्नो शरीरभित्र लुकिरहेको छ भन्ने पत्तै पाएनन् ।
यही क्रममा गत वर्ष साउन २६ गते बैंकमा काम गरिरहेको बेला उनलाई छातीको देब्रे भाग, देब्रे हाततिरको भागमा दुखाइको पीडा बढ्यो। दुखाइ तीव्र गतिमा बढ्दै असह्य बन्यो । उनलाई कर्मचारीले सुर्खेत प्रदेश अस्पताल र्पुयाए।

चिकित्सकले हृदयाघात भएको भन्दै केही बेर आइसियुमा राखेर उपचार गरे तर छिटोभन्दा छिटो गरी हेलिकोप्टरमा गंगालाल हृदय केन्द्र जान सुझाए। दुखाइले यी सबै हेलिकोप्टर खबर गर्ने अवस्था थिएन। तर पुडासैनीले नेपाल ट्रेकिङ संघका पूर्व अध्यक्ष ज्योति अधिकारीलाई फोन गरे। जवाफमा दुई घण्टाभित्र सुर्खेत आइपुग्ने बताए। तर दुई घण्टासम्म पर्खिंदा बाँचिन्छ जस्तो लागेको थिएन। मनमा थुप्रै कुरा खेले, छोराछोरी र पत्नीसँग थुप्रै कुरा भन्नु थियो। मृत्यु हुने पीडाको छटपटी एकातिर अर्कोतिर परिवारको बिछोड, मृत्युपछिको परिवारको हालतको दृश्य धेरै कुराले मन विचलित बनिरहेको थियो। यत्तिकैमा उनले आफ्नो मोबाइल सुदीप भाइलाई दिएर बैंकका कार्यकारी अधिकारीलाई फोन दिएर गंगालाल ल्याउँदै गरेको खबर सुनाइदिन भने उनले यी पीडनदायी कुरालार्इृ पुस्तकमा लेखेका छन् ।

बिचमा उनको होस गुम्यो, धेरै बेरपछि सुर्खेत अस्पतालमा हेलिकोप्टर आएको थाहा पाए। बिचमा केही थाहा पाएनन्। अर्धचेत अवस्थामै गंगालाल ओरालेको थाहा पाए। अस्पतालको चौरमा पत्नी आभा, दाजु अच्यूत, मित्रहरू प्रदीप पाठक लगायतलाई धमिलो आँखाले देखे।

अस्पतालले तत्कालै अप्रेसन थिएटरमा लगे। केही घण्टापछि उनको शल्यक्रियामा संलग्न चिकित्सक डा. अरूण मास्केले भने, ‘पुरै खतरामुक्त हुनु हुन्न, आइसियुमा राखेर उपचार गर्छौं भने । चार दिनपछि मुटुको एउटा भल्व खोलियो, अरू बाँकी दुईवटा फेरि खोल्नुपर्छ भने। डाक्टरले यति भनेपछि अब बाँचियो भन्ने लाग्यो। त्यसपछि पुडासैनीलाई अर्को जन्म पाएको अनुभूति भयो। अर्थात् मृत्युबाट फर्केको महसुस गरे। त्यो मृत्युपछिको जीवनलाई उनले मनमनै ‘उज्यालो मृत्यु’को नाम दिए।

बिचमा उनको होस गुम्यो, धेरै बेरपछि सुर्खेत अस्पतालमा हेलिकोप्टर आएको थाहा पाए। बिचमा केही थाहा पाएनन्। अर्धचेत अवस्थामै गंगालाल ओरालेको थाहा पाए। अस्पतालको चौरमा पत्नी आभा, दाजु अच्यूत, मित्रहरू प्रदीप पाठकलगायतलाई धमिलो आँखाले देखे।

उज्यालो मृत्युको नौ दिनपछि उनी आइसियुबाट डिस्चार्ज भएर घर फर्किए। त्यसपछि दुई महिनासम्म घरमै आराम गरे। तेस्रो महिनापछि नेपाल बैंक काठमाडौं काजमा हाजिर गर्न गए। उज्यालो मृत्युपछि उनको जीवनमा धेरै कुरा परिवर्तन भए। जीवनको महत्व, जीवनलाई दिनुपर्ने प्राथमिकता, जीवनशैली, सोच सबै कुरामा परिवर्तन आयो। ‘हामीले आफैंलाई ध्यान नदिनाले कुनै पनि रोगले उच्चतम रूप लिँदोरहेछ र मृत्युका मुखमा र्पुयाउँदो रहेछ, जीवन अनिश्चित छ, आजका लागि बाँच्ने कला सिकेको छु र मृत्युसंस्कार कसरी गर्ने भन्नेबारे समेत पुस्तकमा समेटेको छु,’ उनले भने।
उनले नियमित खानपानमा परिवर्तन गरे, मांसाहारी भोजन छोडेर शाहाकारी भोजन, व्यायाम, सोच्ने तरिकामा परिवर्तन गरे। नियमित स्वास्थ्य जाँचले कुनै पनि रोगको भयानक स्थितिबाट बच्न सकिन्छ भन्ने बोध गरे। यी कुरालाई जीवन पद्धतिको रूपमा अनपाए। ‘यतिखेर अहिले आफैंलाई प्राथमिकता दिन्छु, पहिला आफ्नो जतन रहेछ,’ उनले भने।

एउटा मृत्युको मुखबाट फर्किएपछि आफूमा जीवन र मृत्युबोध दुवै भएको उनी सुनाउँछन्। जीवनपद्धति र शासनव्यवस्थाको पद्धति समृद्ध भए मात्र जीवन सुन्दर र सुखी हुन्छ भन्ने बोध भएको पुडासैनीले बताए ।

प्रतिक्रिया दिनुहोस्