काँग्रेसको प्रतिक्रिया- सांसद शर्मालाई पक्राउ गरेर राज्य नचाहिदो प्रतिशोधमा उत्रियो

काठमाडौं, साउन २६ ।  नेपाली कांग्रेसले प्रतिसोध साधेर सरकारले कांग्रेसका सांसदहरुलाई पक्राउ गरेको बताएको छ ।

नेपाली कांग्रेसको संसदीय दलको बैठकपछि प्रतिक्रिया दिदै कांग्रेस नेता चन्द्र भण्डारीले राज्य नचाहिदो प्रतिशोधमा उत्रिएको बताउदै टुंगिसकेको मुद्दा ब्यूँताएर सांसद सुनिल शर्मालाई पक्राउ गरिएको बताएका छन् ।

उनले भने- ‘जसको शक्ति उसको भक्तिको कुरा गर्ने हो भने नेपालको अवस्था के हुन्छ । नवराज सिलवालको पालामा अनुसन्धान भएको र उहाँले आजै स्ट्याटस लेखेर यो विषयको अनुसन्धान गर्नु नपर्ने भनेका छन् । कसैले जग्गा किनेर फिर्ता गरेपछि उन्मुक्ति पाउने, मिनबहादुरले फिर्ता गर्दा उन्मुक्ति किन नपाउने ?’

दलको बैठकमा लगातार कांग्रेस नेताहरूलाई लक्षित गरेर धरपकड गरिएकोमा सांसदहरूले आपत्ति जनाएका छन् । साथै काँग्रेस बैठकमा सांसदहरुले कम्युनिष्ट नेता तथा पूर्वप्रधानमन्त्रीहरुलाई विदेश भ्रमणमा जान दिएर कांग्रेस नेताहरूलाई मात्र टार्गेट गरिएको भन्दै आपत्ति जनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्