दुवै चरणको मतदान सकिएपछि मात्र मतगणना हुन्छ । निर्वाचन आयोग

३१ जिल्लाका प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन गर्ने तालिका १० मंसिरमा छ र बाकी ४६ जिल्लामा भने २१ मंसिरमा मतदान हुनेछ । सबै ७७ वटै जिल्लामानै निर्वाचन सकिएपछि मात्र एकसाथ मतगणना गर्न थाल्ने तयारी निर्वाचन आयोगले गरेको हो ।
पहिलो चरणमा मतदान गरेका मतदाता र उम्मेदवारहरुले
निर्वाचन परिणाम थाहा पाउनका लागि भने १० दिन कुर्नुपर्ने भएको छ । दोस्रो चरणको समेत मतदान सकिएपछि मात्र पहिलो चरणको मतगणना सुरु हुनेछ ।
दोस्रो चरणको चुनाव प्रभावित हुने तथा जनशक्तिको पनि कमि भएकाले मतगणना एकैपटक गर्न लागिएको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।

यसअघिको स्थानीय तहको निर्वाचनमा भने मतदान सकिएलगत्तै मतगणना सुरु भएको थियो । त्यतिबेला निर्वाचनको अवधि लामो थियो ।
प्रतिनिधिसभा र प्रदेशसभा चुनावको दुई चरणको अवधि १० दिन मात्र छ । सोही कारण सबै पक्षलाई विचार गरेर मतगणना एकैपटक गर्न लागिएको ढकालले बताए ।

प्रतिक्रिया दिनुहोस्