सनराइज फस्ट म्युचुअल फण्डको प्रतिफल घोषणा

काठमाण्डौ, २६ श्रावण । सनराइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सनराइज फस्ट म्युचुअल फण्डले गत आर्थिक वर्ष २०७९/८० को लागि आफ्ना इकाईधनीहरुलाई वितरण गर्ने प्रतिफल घोषणा गरेको छ ।

फण्डले इकाईधनिहरुलाई कर सहित १८ प्रतिशतका दरले हुन आउने १३ करोड ७६ लाख रुपैयाँ बराबरको प्रतिफल वितरण गर्ने घोषणा गरेको हो । साउन २५ गते बसेको यस फण्डको योजना व्यवस्थापक सन्राइज क्यापिटलको सञ्चालक समितिको बैठकले सो दरमा प्रतिफल वितरण गर्ने निर्णय गरेको हो।

यस योजनाको कोष प्रबर्द्धक लक्ष्मी सनराइज बैंक लिमिटेड रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्