नेपाल लाइफ इन्स्योरेन्सको तीन दिवसीय नेतृत्व उत्कृष्टता पुरस्कार, 2023 सम्पन्न
काठमाडौं । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लि को तीन दिवसीयनेतृत्व उत्कृष्टता पुरस्कार, 2023 सम्पन्न भव्यता पूर्वक सम्पन्न भएको छ ।
चितवनकोसोल्टी वेस्टइन्ड रिसोर्टमा श्रावण१७ देखि १९गतेसम्म चलेको कार्यक्रम “सार्क वर्ष पराक्रमी गति, आक्रामक नीति” नाराका साथ सम्पन्न भएको हो ।
उक्त कार्यक्रममा देशभरिबाट उत्कृष्ट व्यवसाय गर्ने १३० भन्दा बढी एजेन्सी तथा एजेन्सी मेनेजरहरुकोसहभागिता रहेको थियो ।
पानसमा दीप प्रज्वलन गरी कम्पनीका वरिष्ठ संचालक कमलेश कुमार अग्रवाल, संचालक विमल ढकाल र कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीलेसंयुक्त रूपमाकार्यक्रमको समुद्घाटन गर्नु भएको थियो ।
कार्यक्रममा बोल्दै कम्पनीका वरिष्ठ संचालक कमलेश कुमार अग्रवाललेदेश आर्थिक मन्दीबाट गुज्रीरहेको समयमा पनि कम्पनीले गरेको व्यवसाय उत्साहप्रद रहेको र यसलाई मूर्तता प्रदान गर्न अहोरात्र लाग्नुभएका सम्पूर्ण प्रगतिका सहयात्रिहरुलाई हृदयदेखि नै धन्यवाद ज्ञापन गर्नु भएको थियो।
नेपाल लाइफ आफैमा जीवन बीमा क्षेत्रमा गौरवशालि इतिहास बोकेको स्थापित ब्रान्ड रहेको र यससँग जोडिन पाउनु हामी सबैको लागि हर्षको विषय रहेको बताउनु भयो। पराक्रमी गति आक्रामक नीति नारा सहित सार्क वर्षको अवधारणालाई आत्मसाथ गर्दै कम्पनी अघी बढेको देख्दा मन प्रफुल्लित भएको बताउनुभयो।
जसरि सार्कले समुन्द्रमा अधिपत्व कायम गरेको हुन्छ त्यसै गरि नेपाल लाइफले जीवन बीमा क्षेत्रमा अधिपत्व कायम गर्नेमा आफु विस्वस्त रहेको कुरा जाहेर गर्नुभयो। ग्राहकको सहजताका निम्ति नविनतम प्रविधिको अधिकतम प्रयोग, लगानीको उच्च प्रतिफलका लागि लगानीको विविधिकरण गर्ने कार्यहरु शुभारम्भ भई सकेको कुरा समेत बताउनु भएको थियो।
कार्यक्रममा बोल्दै संचालक विमल प्रसाद ढकालले यस कम्पनीका बीमा अभिकर्ताहरुले बीमालाई नेपालीको घरदैलोमा पु¥याउन गर्नु भएको योगदानका निम्ति धन्यवाद ज्ञापन गर्नुभयो । आव २०७९÷८० मा उत्कृष्ट व्यवसाय गर्दै सम्मानित हुनुभएका सम्पूर्ण बीमा अभिकर्ताहरुलाई बधाई तथा आगामी दिनमा सफलताको लागि शुभकामना व्यक्त गर्नुभयो ।
कार्यक्रममा बोल्दै आगामी दिनमा व्यवसाय गर्दा नियमनकारी निकायद्वारा जारी गरिएका नीतिनियमको अधिनमा रही व्यवसाय गर्न सबैलाई आग्रह गर्नुभयो । यसका साथ साथै AML CFTsfमहत्व र अपराहर्यताको बारेमा प्रकाश पार्नुभयो।
उहाँले विगतलाई स्मरण गर्दै नेपाल लाइफ यहाँ सम्म आइपुग्दा धेरैनै उतार चढावको सामना गर्नु परेको बताउनु भयो रआगामी दिन थप चुनौतिपूर्ण हुने हुँदा थप जोश र जाँगरका साथ नविनतम प्रविधिको प्रयोग गरि कार्यसम्पादन गर्न आग्रह गर्नुभयो ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले सम्मानित हुनु भएका अभिकर्तालाई बधाई तथा शुभकामना प्रदान गर्नु भएको थियो।कार्यक्रममासम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत पराजुलीलेअभिकर्ताहरुलाई गत आ.ब. को कार्यसम्पादनको लागि धन्यवाद र चालु आ.ब. को व्यापार लक्ष्य पुरा गर्न शुरुबाट नै दत्तचित्त भई कार्य गर्न आव्हान गर्नु भएको थियो ।
गएको आर्थिक वर्षको व्यापार समीक्षा गर्दै चालु आर्थिक वर्ष २०८०÷८१ मा सेल्स रणनीतिका बारेमा सम्मलेनमा जानकारी गराउनु भएको थियो । प्रमुख कार्यकारी अधिकृत पराजुलीले यस कम्पनीको मेरुदण्ड भनेकै अभिकर्ता साथीहरु रहेको र उहाँहरुकै अथक मेहनत र परिश्रमका कारण नै नेपाल लाइफ सफल भएको र आगामी दिनमा झन् बलियो र सबल भएर बजारमा प्रस्तुत हुनेमा आफु विश्वस्त रहेको कुरा बताउनुभयो। अभिकर्ताहरुको चौतर्फी विकासका निम्ति कम्पनी निकै नै संवेदनशील रहेको कुरा समेत प्रमुख कार्यकारी अधिकृत पराजुलीले बताउनु भयो ।
कार्यक्रममा एजेन्सी मेनेजर तर्फबाट उत्कृष्ट ५० र व्यक्तिगत कोड तर्फबाट उत्कृष्ट ८१ अभिकर्ताहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा सम्मानको साथ साथै २० जनालाई सम्राट पदक, २३ जनालाई रत्न पदक र ६३ जनालाई समृद्धि पदकबाटपनि विभुसित गरिएको थियो।
त्यस्तै एजेन्सी मेनेजर तर्फबाट क्रमशः नेपाल प्रथम, दितिय र तृतीय हुने बसन्ती शर्मा, मदन भट्ट र स्नेहा भट्ट तथा व्यक्तिगत कोड तर्फ बाट क्रमस नेपाल प्रथम, दितिय र तृतीय हुने खुशी भट्ट, शान्ता राजबंशी, भीमा पन्थीलाई अवार्डको साथै नगद पुरस्कारले पनि सम्मान गरिएको थियो।
प्रतिक्रिया दिनुहोस्