विद्युत् प्राधिकरणको नाफा १२ अर्ब ३३ करोड, सर्वसाधारणमा सेयर जारी गर्ने

काठमाडौं, साउन २५ । नेपाल दूरसञ्चार प्राधिकरणले गत आर्थिक वर्षमा १२ अर्ब ३३ करोड रूपैयाँ नाफा कमाएको छ।

बिहीबार प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आर्थिक वर्ष ०७९/८० मा सो नाफा कमाएको जानकारी गराएका छन्।अपरिस्कृत वित्तीय विवरण अनुसार प्राधिकरणको नाफा १२ अर्ब ३३ करोड पुगेको उनले बताए।

साथै, प्राधिकरणको तेस्रो वित्तिय पुनरसंरचना तयार गरी प्राधिरकणको सेयर सर्वधारणमा जारी गर्ने प्रक्रिया अघि बढाइएको जानकारी गराए।

आर्थिक वर्ष ०७७÷७८ मा प्राधिकरणको नाफा ६ अर्ब १० करोड रूपैयाँ रहेको थियो।नेपालबाट हाल ४ सय ५२ मेगावाट विद्युत् निर्यात भइरहेको नेपाल विद्युत् प्राधिकरणले जानकारी गराएको छ।

बिहीबार प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले एक पत्रकार सम्मेलनर्फत् गत आर्थिक वर्षको विवरण सार्वजनिक गर्दै सो जानकारी गराएका हुन्।

‘नेपालले पहिलो पटक नोभेम्बर २०२१ देखि ३९ मेगावाट विद्युत् भारत निर्यात सुरु गरी हाल ४५२ मेगावाट विद्युत् निर्यात भइरहेको छ,’ घिसिङले भने।

साथै, उनले थप ६ सय मेगावटा विद्युत् थप गर्नका लागि भारतको विद्युत् मन्त्रालयमा सहमतिका लागि प्रक्रियामा रहेको पनि जानकारी गराए।

 

प्रतिक्रिया दिनुहोस्