स्वास्थ्यमन्त्रीको १०० दिनमा भव्य कार्यक्रम, सेतो कोटमै उपस्थित हुन कर्मचारीलाई परिपत्र

काठमाडौं, साउन २५ । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले पदभार ग्रहणको एकसय दिन धुमधामका साथ मनाउने तयारी गरेका छन् ।

सो अवसरमा मन्त्रालयले शुक्रबार राष्ट्रिय सभागृहमा भव्य कार्यक्रम आयोजना गरेको छ ।

एकसय दिनका उपलब्धि र सुधारका पहलबारे राखिएको कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड प्रमुख अतिथि रहने मन्त्रालयले जनाएको छ ।

सो कार्याक्रममा अनिवार्य उपस्थितिका लागि वीर अस्पतालले आफ्ना कर्मचारीहरुलाई उर्दी जारी गरेको छ । वीरले परिपत्र गर्दै कर्मचारीहरुलाई सरकारी पोशाकमा अनिवार्य उपस्थित हुन भनेको छ ।

सो दिन सेतो कोट दिवस समेत रहेकाले स्वास्थ्य सेवा प्रभावित नहुने गरी सेतो कोटमा उपस्थित हुन अस्पतालको परिपत्र छ ।

बस्नेत २०७९ चैत २१ गते स्वास्थ्यमन्त्रीको पदभार ग्रहण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्