शेयर बजार ४१ अङ्कले बढ्यो, १ अर्ब ८८ करोड रुपैयाँको कारोबार

काठमाडौं, साउन २४ ।  लगातार तेस्रो दिनसम्म घटेको शेयर बजार आज बुधवार उच्च अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ४१ दशमलव शून्य छ अङ्कले बढेर दुई हजार ६० दशमलव ९१ विन्दुमा पुगेको छ ।

आज म्युचल फन्डबाहेक सबै समूहको शेयर बढेकोमा विकास बैंक, फाइनान्स, जलविद्युत्, बीमा र उत्पादन समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ ।आज हिमालयन लघुवित्त, मनकामना स्मार्ट लघुवित्त र सुपर मादी हाइड्रोपावर कम्पनीको शेयर साढे नौ प्रतिशतभन्दा धेरैले बढेको छ ।

समग्रमा बजार हरियाली भए पनि आज सेन्चुरी डिबेन्चर २०८८ को शेयर १० प्रतिशतले घटेको छ ।आज दुई सय ६५ वटा कम्पनीका ५० लाख १० हजार शेयर शेयर किनबेच भएका छन् ।

७७ हजार पाँच सय पटक भएका कारोबारमा एक अर्ब ८८ करोड ८३ लाख रुपैयाँको शेयर खरिद/बिक्री भएको छ । सबैभन्दा धेरै आईएमई लाइफ इन्सुरेन्स कम्पनीकाे १५ कराेड ५० लाख रुपैयाँकाे शेयर किनबेच भएकाे छ ।

प्रतिक्रिया दिनुहोस्