छोइनसक्नु गोलभेडाको मूल्य ! एकाएक अकाशिनुको कारण यस्तो छ
काठमाडौं , साउन २१ । उत्पादनको कमी र भारत निर्यात भएको कारण गोलभेडाको मूल्य वृद्धि भएको व्यवसायीहरुले बताएका छन्।
एक महिना अगाडि मात्रै नेपाली किसानहरुले उत्पादन गरेको गोलभेडाले बजार मूल्य नपाउँदा सडकमा फाल्नु परेको थियो। तर ठिक एक महिनापछि गोलभेडाको मूल्य एक्कासी माथि पुगेको व्यवसायीहरुले बताए। उनीहरुले पछिल्लो समय किसानहरुले उत्पादन गरेको गोलभेडा भारतमा समेत जान लागेकाले बजार मूल्य बढेको बताए।
व्यावसायिहरुले केही समय पहिला नेपाल उत्पादन उच्च रहेको भारतमा पनि नगएको र नेपाली बजारमा १० रुपैयाँमा पनि नबिकेको भन्दै सडकमा गोलभेडा फालिएको बताए। कालिमाटी फलफूल तथा तरकारी बजारकी गोलभेडा व्यापारी तारादेवी मगरले तरकारीको मूल्यमा उतारचढाव आउनुको कारण उत्पादन भएको बताइन्। उनले अघिल्लो वर्ष एउटा तरकारी धेरै खपत भयो भने अर्को वर्ष सबै किसानले एउटै तरकारी उत्पादन गर्नुको कारणले पनि यस्तो भएको बताइन्।
उनले पछिल्लो समय भारतमा बढी पानी परेर डुबान भएको कारण गोलभेडाको मूल्य उच्च रुपमा बढेको पनि बताइन्। एक महिना अघि नेपाली उत्पादन गोलभेडा फालाफाल हुँदा भारतमा समेत गएन तर अहिले नेपाली उत्पादन गोलभेडा करिब ७० प्रतिशत भारतमा गइरहेको उनको भनाइ छ। उनले नेपाली बजारमा गोलभेडाको कमी भएको अवस्थामा भारतमा गोलभेडा निर्यात गर्दा मूल्य वृद्धि भएको बताइन्। भारत नभएको भए ५० रुपैयाँ किलो भन्दा माथि जाने अवस्था नभएको उनको भनाइ छ।
उनले अघिल्लो वर्ष यही समयमा प्रति क्रेट २००० सम्म रहेकोमा अहिले टनेल भन्दा बाहिरको गोलभेडा २ हजार ५०० र टनेलभित्रको २ हजार ८०० प्रति क्रेट मूल्यमा बिक्रि भइरहेको बताइन्। उनले भारतमा समेत २ हजार ८०० प्रति क्रेट गोलभेडा गइरहेको बताइन्। अहिले नेपाली बजारमा गोलभेडा किलो १४० रुपैयाँ रहेको उनले बताइन्। उनका अनुसार गोलभेडाको मूल्य एक महिनामा किलोमा १० रुपैयाँ बढेको छ।
गोलभेडा व्यवसायी द्वारिका अधिकारीले विगतको तुलनामा यो वर्ष तरकारी सस्तो रहे पनि गोलभेडा अत्याधिक महँगो भएको बताए। उनले अहिले तरकारी बजारमा महँगो भनेको गोलभेडा मात्रै रहेको बताए। उनले १० रुपैयाँ केजीसम्म झरेको गोलभेडाको मूल्य किसानहरुले सडकमा फालेको बताए।
कालीमाटी बजार विकास समितिले आइतबारका लागि नेपाली गोलभेडाको ठूलोका मूल्य प्रतिकिलो १६८.३३ रुपैयाँ कायम गरेको छ
प्रतिक्रिया दिनुहोस्