सिटिजन्स बैंक र होटल चितवन प्रा.लि.तथा डिकोड जेनोमिक्स एण्ड रिसर्च सेन्टर प्रा.लि.बीच समझदारी

काठमाडौं, साउन १६ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र भरतपुर,चितवनस्थित होटल चितवन तथा बागबजार,काठमाडौं स्थित डिकोड जेनोमिक्स एण्ड रिसर्च सेन्टरबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक र मोबाइलबैंकिङ्गग्राहकहरूलेहोटल चितवनमा २५% र डिकोड जेनोमिक्स एण्ड रिसर्च सेन्टरमा २०%सम्मको छुट पाउनेछन् ।

यस किसिमको सहकार्यबाट बैंककाग्राहकहरु लाभान्वित हुनुको साथै नगदकारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुनेविश्वास बैंकले लिएको छ ।

बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहक मैत्रीसुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ ।

डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धीविस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्तगर्न सकिनेछ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १८८ वटा शाखा, १४७वटा ए.टि.एम. ३ विस्तार काउन्टर र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १६लाखभन्दा बढी ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्