कपिलवस्तुमा आगलागी, चारलाख बराबरको नोक्सान

कपिलवस्तु यशोधरा गाउँपालिका–४ पोखरभिटवामा आगलागी हुँदा मोहम्मद रसिदको घरगोठ जलेर नष्ट भएको छ ।

आज बिहान करिब ४ बजेतिर आगलागी भएको थियो । आगोबाट मानवीय क्षति नभएपनि घरमा भएको तीनतोला सुन, २० हजार नगद, पाँच सेट मोबाइल, खाद्यान्न, लत्ता कपडा गरी करिव चार लाख बराबरजतिको धनसम्पति जलेर नष्ट भएको छ । मोहम्मदका छोरा कादिर खानका बिहेका लागि ल्याइएका लत्ताकपडा र अन्य भाडा समेत आगलागीमा जलेका हुन् ।

आगलागीबाट गोठमा रहेको एउटा गोरु मारेको छ भने तीन वटा गोरु घाइते भएका छन् ।

गाईवस्तुको गोठमा धुवाँले लामखुट्टे भगाउनको लागि परालमा आगो बालिएको र त्यही आगोबाट आगलागी भएको स्थानीय अनिल मालीले जानकारी दिएका छन् ।

स्थानीयको प्रयासमा बिहान ८ बजे मात्र आगो नियन्त्रणमा आएको थियो ।

प्रतिक्रिया दिनुहोस्