सानिमा बैंकले ल्यायो ‘सानिमा फाइभ इन वान’ खाता

काठमाडौं, साउन १२- सानिमा बैंकले ग्राहकहरूका लागि ‘सानिमा फाइभ इन वान’ खाता सेवा सार्वजनिक गरेको छ।

सानिमा फाइभ इन वान खाता सेवा सानिमा थ्री इन वान खाताको परिष्कृत सेवा भएको बैंकको भनाइ छ।

यस अन्तर्गत ग्राहकहरूले बचत खाता, डिम्याट खाता, सेयर ट्रेडिङ खाता, सी आस्वा र मेरो सेयरको सेवाका लागि एकै पटक वा छुट्टाछुट्टै आवेदन दिन सक्नेछन्।

सानिमा बैंकले सानिमा क्यापिटलसँगको सहकार्यमा यो सेवा प्रदान गरेको हो।

यस सेवामार्फत् नयाँ तथा पुराना ग्राहकहरूले बैंकको वेबसाइटमा उपलब्ध फाइभ इन वान अनलाइन प्लेटफर्म प्रयोग गरी बचत खाता (नयाँ ग्राहकका लागि), डिम्याट खाता, सी आस्वा, मेरो सेयर र दोस्रो बजारबाट सेयर खरिद तथा बिक्री गर्ने सेयर ट्रेडिङ खाता सहजै खोल्न सक्नेछन्।

ग्राहकहरूलाई सहज र सरल रुपमा डिजिटल सेयर ट्रेडिङ प्लेटफर्म उपलब्ध गराउने उद्देश्यले यो पहल गरेको बैंकको भनाइ छ।

सानिमा बैंककोे सातै प्रदेशमा १३२ वटा कार्यालयहरू र १२२ वटा एटिएम सञ्जालहरू रहेका छन्।

प्रतिक्रिया दिनुहोस्