शिर उच्च हुने गरि व्यास नगरपालिकाको विकास गरेको छु: प्रमुख न्यौपाने

तनहु, ११ श्रावण । व्यास नगरपालिका प्रमुख बैकुण्ठ न्यौपानेले शिर उच्च हुने गरि व्यास नगरपालिकाको विकास गरेको बताएका छन् ।
संविधानले प्रत्याभूत गरेको अधिकारलाई अधिकमत प्रयोग गर्दै सिमित स्रोत र साधनकाबीच पनि शिर ठाडो गरेर हिड्न सक्ने गरि पालिकाको विकास गरेको दावी गरे ।
रेडियो आहाको लागि पत्रकार रन्जित धमलासँग कुरा गर्दै उनले पालिकाको विकास र निर्माण गर्दै गर्दा शिर झुकाउने गरि कुनै पनि गलत काम नगरेको र नगरलाई समृद्ध बनाउने अभियानमा निरन्तर लागिपरेको बताएका हुन् ।
प्रमुख न्यौपानेले व्यास नगरपालिकालाई समवृद्ध बनाउन आफु इमान्दारितापुर्वक प्रयासरत रहेको उनले उल्लेख गरे । वि.स.२०७४ मा भएको स्थानीय तहको निर्वाचमा निर्वाचित भएर आउँदै गर्दा पालिकामा धेरै समस्या रहेको र कतिपय वडा कार्यालय नभएको, भौतिक संरचना पनि ध्वस्त भएकाले वडा कार्यालयहरुको भवन निर्माण गरि त्यसलाई प्रविधि मैत्री बनाएको बताए । सबै वडा कार्यालयसम्म जाने सडकको पहुँच निर्माण पनि गरेको जनाए ।
कृषि क्षेत्रमा पनि पालिकाबाट धेरै सहयोग गरेको बताउँदै पर्यटन प्रवद्र्धन गर्न तनहुँसुर, मानुङडाँडा र छाब्दीबाराहीलगायतका थुपैै्र पर्यटक केन्द्रहरुको विकास कार्यहरु अगाडि बढाएको बताए । साथै युवाहरुलाई विभिन्न किसिमको रोजगारी सिर्जना गर्नको लागि तालिमहरुको व्यवस्था गरेको पनि उनको भनाईछ । यस्ता कार्यलाई समेट्दै नगरपालिकालाई समवृद्ध बनाउने अभियानमा लागेको उनले बताए ।
उनले भने, व्यास ऋषिको जन्मस्थानमा १ सय ८ फिटको मुर्ति निमार्ण गर्ने अभियानमा लागेकाछौं, यहाँको शैक्षिक र पर्यटकीय क्षेत्रमा पनि लागिपरेका छौ, ठूलो भू–भाग छ, नागरिकका आँकाक्षाहरु नगरपालिकाप्रति दिनानुदिन बढ्दै गएको छ । व्यास नगरपालिका आद्योेगिक नगरी हैन, यहा ठूला उद्योग छैनन् पालिकाको आयश्रोत सिमित छ, त्यही सिमित स्रोत÷साधनलाई अधिकतम उपयोग गरेर यसलाई समवृद्ध बनाउने प्रयास गरिरहेको छु ।
आदिकवी भानुभक्त कलेजको प्रुमख भई जाँदैगर्दा कलेजमा करिव ३ सय जति विद्यार्थिहरु रहेको र अहिले ३ हजार भन्दा बढि विद्यार्थी रहेको, ‘ शुरुमा एउटा हाइस्कुलमा चलिरहेको कलेज थियो, हामीहरुको प्रयासमा ७० रोपनी जमिनमा निर्माण गरेर अहिले ठूलो बनाएर संचालन गरिरहेकाछौं उनले, भने ।’
बाटो, खानेपानी, ढललगायत विकासका पूर्वाधार तयार गर्ने कामहरु छिटै गर्न सजिलो नभएको बताउँदै विकासलाई प्राथमिकतामा राखी आफुहरु अगाडि बढिरहेको बताए । नगरबासीले सुधारका पक्षहरुको आकाँक्षा गरेको र तिनीहरुलाई मैले आफुले आत्मासात गरेको पनि उनले उल्लखे गरे ।
साथै प्रमुख न्यौपानले स्थानीय तह सञ्चालनको लागि कानुनहरुको पनि अभाव रहेको जिकिर गरे । उनले भने, ‘नियमावली , शिक्षा ऐन नयाँ छैन त्यहि पुरानै छ । नियमावली पनि त्यहि अनुसार छ । प्रदेश र संघ सरकारले स्पष्ट कानुन निर्माण गरदिएको छैन । यसले गर्दा स्थानीय सरकालाई काम गर्न कठिन भएको छ । ऐन छिटै ल्याउन पनि संघ र प्रदेश सरकालाई आग्रह गर्दछौं ।’
स्थानीय तहका कर्मचारीहरु प्रविधिमैत्री हुन नसकेको बताउँदै संघ र प्रदेशको स्रोत साधनको बाँडफाँडमा समस्या र कानुनी जटिलताहरु रहेको टिप्पणी गरे । स्थानीय जनताहरुको अत्याधिक आकांक्षा रहेको जनाउँदै ती सबैलाई मिलाएर जाने प्रतिवद्धता उनले जनाए । पालिकाको प्रमुख भएर आएपश्चिात धेरै सुधार भएको आफुले महसुश गरेको पनि उल्लेख गरे ।
कर्मचारीमा प्राविधिक क्षमता कमजोर भएको महसुश गरेको र सो सुधार गर्ने प्रयास गरेको, तर अपेक्षीत सुधार भइनसको बताए ।
हिजोको स्थानीय शासन ऐन, स्वायत्त शासन ऐनमा चाहि लोकसेवा आयोगको परामर्श लिएर कर्मचारीहरु स्थाइ गर्न सक्ने अवस्था पनि छैन । प्रदेश लोकसेवा आयोगले स्थाई गरेर पठाउँछ । हिजोका दिनमा बरु स्थानीय शासन ऐन लोकसेवाको परामर्श लिएर कर्मचारीहरु स्थाइ गर्न बढुवा गर्न सक्ने स्थिती थियो, तर अहिले छैन उनले, भने ।’
कर्मचारीहरुको व्यवस्थापन, नियमनको कुरामा हिजोको भन्दा पनि अहिलेको अधिकार खुम्चिएको अवस्था देखेको बताउँदै उनले कर्मचारी जनप्रतिधिबीचमा कहिलेकाही क्षमताको हिसाबले दरार आउने गरेको बताए ।
उनले भने, ‘म नियम र विधिसँग चल्छु, कर्मचारीमा यता उता भन्ने मबाट कहिल्यै हुँदैन । काम गर्न सक्नेले गर्छ नसक्ने सरुवा भएर जान्छ मैले पनि जाऊ भन्छु ।’
नगरपालिकामा बजेटको आवश्यकता धेरै भएको तर सोचे अनुरुपको बजेट नआउँदा विकासका काममा बाधा हुने तथा समयमा सम्पन्न नहुने उनले बताए । यो आर्थिक वर्षमा १ अर्ब ६८ करोडको बजेट ल्याएको उनले जानकारी गराए ।
साथै पालिकाले आर्थिक वर्ष २०८०/०८१को नीति तथा कार्यक्रममा कृषि, शिक्षा, पर्यटन प्रवद्र्धन र विकास निर्माणलगायत क्षेत्रलाई समेटेको बताउँदै शिक्षा, स्वास्थ्य केन्द्रलाई सुधार गर्ने पक्षमा रहेको उनले उल्लेख गरे ।
आर्थिक अभाव र कानूनी प्रक्रियाका कारण केहि बाधा व्यवधानले विकासको गति केहि अवरुद्ध भएको बताउँदै संघ र प्रदेशबाट नामको मात्रै बजेट आउने र साना साना योजना मात्रै पठाउने गरेको गुनासो उनको छ ।
आन्तिरिक आय तथा सरकारले संघिय बजेटबाट आउने वित्तिय समानकिरण ,राजश्व बाँडफाँड पैसा धेरै घटेर आएको पनि उनले बताए । यस कारण विकासका लक्ष्यहरु तय गरे पनि आम्दानीका स्रोतहरु घटेर आएका कारण विकासका गतिविमा प्रभाव पारेको बताए ।
अघिल्लो कार्यकालमा जुन गतिले काम गर्ने अवसर प्राप्त गरेको थिएँ, ‘अहिले दोस्रो कार्याकलमा अलिकति आर्थिक मन्दिका कारण यसको असर सरकार तथा अन्य सबै ठाउँमा परेको र यस नगरपालिकालाई पनि यसको असर परेको अनुभुति गरिरहेको छु उनले भने ।’
त्यस्तै बाटो घाटोको बढि समस्या भएको र यसमा बढि स्थानीयको ध्यान रहेको बताउँदै उनले, खानेपानीमा जोड दिएको बताए । विद्यालय सुधारसँग सम्बन्धित विषयहरुमा पनि आफ्नो ध्यानाकर्षण भएको उनले बताए ।
नगरको एकीकृत परियोजना निर्माण गर्दा कृषि पर्यटन र शिक्षालाई प्राथमिकतामा राखेर अगाडि बढ्ने काम गरको जनाउँदै कोभिडले गर्दा विकासका कार्यक्रमलाई अवरुद्ध पारेको त्यसपछि फेरि पनि आर्थिक मन्दिले समस्या पारेता पनि पालिकाको सबै क्षेत्रमा काम गरि रहेकोले सुखद् परिणाम निस्कनेमा आफु विश्वस्त रहेको बताए ।

 

प्रतिक्रिया दिनुहोस्