नेपाल इन्भेष्टमेन्ट मेगा बैंक तेस्रोपटक युरोमनी अवार्ड फर एक्सिलेन्सबाट सम्मानित
काठमाडौं, साउन १० । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड (एनआईएमबी) युरोमनी अवार्ड फर एक्सिलेन्स २०२३ बाट सम्मानित भएको छ । युरोमनी बेलायतमा सम्मानित अन्तर्राष्ट्रिय वित्तीय प्रकाशन हो ।
एनआईएमबीले यस प्रतिष्ठित अवार्ड प्राप्त गरेको योसहित तेस्रोपटक हो । यसअघि, दुईपटक सन् २०१८ र २०२१ मा पनि बैंकले यस अवार्ड हासिल गरेको थियो ।
वर्षभरिको कार्यसम्पादन, रणनीतिक वृद्धि तथा आफ्ना ग्राहकहरूलाई उपयुक्त सेवाहरू र शाखारहित बैंकिङ सेवा उपलब्ध गराएकै कारण एनआईएमबीलाई युरोमनीले वित्तीय समावेशीकरणको श्रेय दिएको बैंकले जनाएको छ ।
युरोमनीले आफ्नो आधिकारिक वेबसाइटमा भूतपूर्व सेनाका कर्मचारी, बहालवाला सेवाकर्मी र उनीहरूका परिवारलाई विपन्न क्षेत्र ऋण कार्यक्रममार्फत सहुलियत दरमा ऋण उपलब्ध गराउनु नै यस वर्ष एनआईएमबीलाई सम्मानित गर्नुको अर्को कारण उल्लेख गरेको छ ।
प्रतिक्रिया दिनुहोस्