कागेश्वरी मनहरा नगरपालिका ४ वर्षभित्रमा नयाँ दिशामा जान्छ: प्रमुख उपेन्द्र कार्की

काठमाडौं, ९ साउन। कागेश्वरी मनहरा नगरपालिकाका प्रमुख उपेन्द्र कार्कीले कागेश्वरी मनहरा नगरपालिका ४ वर्षभित्रमा नयाँ दिशामा जाने विश्वास व्यक्त गरेका छन् ।

रेडियो आहाको कार्यक्रम आहा स्थानीय सरोकारका लागि पत्रकार रञ्जित धमलासँग कुराकानी गर्दै प्रमुख कार्कीले चुनावमा आफुले गरेका प्रतिवद्धताहरु पुरा गर्ने गरि आफुहरु अगाडि बढिरहेकाले अबको ४ वर्षभित्रमा पालिका नयाँ दिसातर्फ जाने संकेत गरेका हुन ।

आफुले ५ वर्ष भित्र हरेक नागरिकका घर घरमा स्वच्छ खानेपानी पुर्याउने प्रतिवद्धता गरेको बताउँदै सबै घरधुरीमा खानेपानी पुर्याउने गरि परियोजनाहरु सम्झौता भएर अगाडि बढिसकेको जनाकारी उनले गराए । एक वर्षको अनुभवमा हिजोको दिनमा जे प्रतिवद्धता गरेर आएका थियौ, नगरपालिकाको मुख्य पुर्वाधार विकास अहिले पनि आवश्यकताका रुपमा रहेको उनको भनाइ रहेकोछ ।

उनले भने, धेरै ठाउँमा सडक सञ्जाल जोड्नु पर्ने, पुलपुलेसा बनाउनु पर्ने तथा ढल निकास लगाएतका समस्या रहेका छन् । काठमाडौं भित्र रहेको यो नगरिपािलकाका सबै भन्दा तिब्र बढि वस्ती भएको नगरपालिको हो, तथ्याड्ढले त्यहि देखाएको छ । यहाँ वस्ती विकास अलि अव्यवस्थित रुपले अगाडि बढिरहेको छ, यी यस्ता समस्याहरुले नगरपालिकालाई बढि गाभेको छ । यी कुराहरु व्यवस्थित हुन सकेको छैन ।

व्यवस्थितका लागि नगरपालिकाको नयाँ सम्झौता तथा नयाँ मापदण्ड बनाएर अगाडि बढिरहेको उनले बताए । भवन मापदण्डलाई पालना गर्न लागनउछौं, तर त्यसको एकरुपता हुन सकेको छैन । व्यवस्थित हिसाबले त्यहाँ पैला ढल हाल्ने , बाटो बनाउने , बिजुलि व्यवस्थापन गर्ने , खानेपानीको व्यवस्था गर्ने अनि वस्ती विकास गर्ने हो तर यसो हुन सकेको छैन, उनले भने ।

अव्यवस्थित वस्ती विकास चुनौतीको रुपमा रहेको बताउँदै प्रमुख कार्कीले यसलाई व्यवस्थित बनाउनु पर्नेमा जोड दिए । योसँगै समस्या सिर्जना भएको खानेपानी, ढल, बाटोघाटो लगाएतका समस्यालाई सम्बोधन गर्नुपर्ने जिकिर उनले गरे ।सहरी सुरक्षाका कुराहरुलाई पनि नगरपालिकाले हेरिरहेको बताउँदै उनले त्यसको व्यवस्थापमा पनि ध्यान दिएको बताए ।

समाजिक क्षेत्रको विकासलाई पनि उतिकै ध्यान दिनुपर्छ भन्ने मनासयले विद्यालय शिक्षा र कलेज शिक्षालाई कसरी सुधार गर्न सकिन्छ भन्ने ध्यान र प्रतिवद्धता रहेको उल्लेख गर्दै उनले त्यो अनुरुप ऐन शिक्षाहरु निमार्ण गरेर विभिन्न सम्झौताहरु निमार्ण गरेर त्यसमा लगानी बढाएर शिक्षा र स्वास्थ्यको क्षेत्रमा पनि विषेश कार्यक्रमहरु गरिरहेको जनाए ।

१६ वटा सामुदायिक विद्यालय र अन्य ९० वटा संस्थागत विद्यालयहरु छन । यी दुबैलाई शैक्षिक क्षेत्रको सुधारलाई लिएर काम गरिरहेका छौं । त्यसमा शिक्षकहरुको क्षमता विकास, पुर्वाधार विकास, बालमैत्रि कक्षाहरुलाई सञ्चालन गर्ने , शैक्षिक सामग्री व्यवस्थापन गर्ने लगाएतका कामहरु भइरहेको छ, उनले भने ।

पािलकाले स्वास्थ्यको क्षेत्रलाई पनि सेवामुखी बनाउने र प्रभावकारी रुपमा संचालन गर्ने भन्ने तर्फ ध्यान दिएको उनले बताए । उानले भने, अस्पतालमा धेरै सेवाहरु दिएको र अगामी दिनमा पनि अज धेरै सेवा दिने गरि कर्मचारीको व्यवस्थापन, डाक्टरहरुको दरबन्दी लगाएतका कार्यहरु भइरहेका छन् । जेष्ठ नागरिको निशुल्क उपचार गर्दै आएका छौं । औषधि तथा चस्मा वितरण गर्ने गरेकाछौं । यसको प्रभावकारीता राम्रो देखिएको छ । साथै उनले स्कुल हेल्थ कार्यक्रमको नाममा सामुदायिक विद्यालहरुमा नियमित त्यहाँ विद्यार्थीहरुको स्वास्थ्य परिक्षण गर्न सुरु गरेको जनाकारी पनि दिए ।

वर्षको दुई पटक विद्यालयमा गएर सो कार्य हुँदै आएको उनले बताए । स्वास्थ भए गुणस्तर शिक्षाका लागि पहल गर्नसक्छन भन्ने आधरमा सो कार्यलाई प्राथमिकता दिएको उनको भनाइ छ । विद्यार्थीहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै स्कुल हेल्थ प्रोग्राम लिएर अगाडि बढिरहेको बताउँदै एम्बुलेन्स सेवा सुविधादेखि लिएर अन्य सुविधा पनि अगाडि बढिरहेका उनले जनाए ।

यो आर्थिक वर्षबाट २४ सै घण्टा अक्सिजन लगाएर बस्नु पर्ने नागरिक जो छन् तिनलाई डाक्टर शिफारिस र सटिफिकेटको आधारमा आधारमा निशुल्क रुपमा अक्सिजन घरघरमा पुगाउने वव्यस्ता मिलाएको पनि उनले बताए  ।
उक्त सेवा साउन महिनाभित्रैबाट सुरु हुने बताउँदै उनले भने , स्वास्थ्यक्षेत्रलाई पनि सुधारको बाटोमा लिएर जादैछौं ।

उद्यमशिलता विकासलाई पनि जोड दिएको उनले उल्लेख गरे । प्रमुख कार्कीले भने, उद्यमशिलता सम्बन्धि विभिन्न तालिम दिरहेको र अझै बढि तालिमहरुलाई निरन्तरता दिने , महिला र युवाहरुको समुह निर्माण गर्ने र उहाँहरुलाई सहकारी मार्फत एक सहकारी एक उद्यमशिलता कार्यक्रम र न्युनतम पारिश्रमीक ५ प्रतिशत बचतको हरेक सहकारीले उद्यमशिलता क्षेत्रमा खर्च गर्नै पर्ने व्यवस्था गरेर उहाँहरुसँग सहमति गरेर एउटा कार्यक्रम ल्याएका छौं । साथै महिलाहरुलाई अगाडि बढानका लागि केहि ठोस कार्यक्रमका योजानहरु ल्याएको पनि उनले बताए ।

नगरपालिकाले वातावरण, विपद्का क्षेत्रहरुमा, पशुपंक्षिका क्षेत्रहरमा, कृषि लगायत क्षेत्रमा गर्नुपर्ने धेरै काम बाँकी रहेको बताउदै विस्तारै सबै पुर्वाधारका काम अगाडि जाने बताए ।

यस नगरापालिकाका ४ वडामा कृर्षिकोका लागि प्रचुर सम्भावना रहेको बताउँदे उनले कृषि प्रणाीलाई जोड दिएको उल्लेख गरे । पछिल्लो समय कृषिमा आकर्षण घट्दै र धेरै युवाहरु विदेश पलाएन भइरहेका कारण कृषि क्षेत्र ओझेलमा परेजस्तै भएको उनले बताए ।

उनले स्थानीय सरकारले सबै भन्दा बढि जनतासंग प्रतक्ष्य रुपमा ठोकीएर त्यहाँका विकास निमार्णदेखि समस्यालाई सम्बोधन गर्ने कुरामा फन्टलाईनमा बसेर काम गर्नुपर्ने भएकाले वित्तिय समानिकारणको अनुदान बढाउन पनि माग गरेका छन् ।

शिक्षा, स्वास्थय लगाएतका आधाभुत सेवा प्रवाहामा मुख्य जिम्मेवार स्थानीय सरकारलाई रहेको बताउँदै पूंजीको धेरै ठूलो आवश्यकता रहेको औंल्याए । अहिले स्थानीयलाई १२, १३ प्रतिशत भन्दा धेरै बजेट नआएको बताउँदै यसले त्यहाँको आवश्यकता सम्बोधन गर्ने स्थिति नभएको पनि उनले उल्ले गरे ।
एकात्मक राज्य प्रणालीमा केन्द्रिय र प्रदेशसरकार भन्दा धेरै काम स्थानीयतहमा हुने भएकाले बजेट बढाएर ठोस योजनाकासाथ पुर्वाधारका काममा तिब्रता दिन सहयोग पुग्ने उनको भनाइ छ ।

जनताको धेरै अपेक्षा स्थानीय सरकारसँग जोडिएको र संघीय सरकारलाई बलियो बनाउने कुरा गर्दै गर्दा वित्तिय अनुदनानको रकम बढाउनु पर्छ र शशर्त अनुदानको रकम घटाउँदै जानु पर्छ । यद्यपी यसो नगरिए स्थानीय सरकारलाई चोट पुग्छ ।

जनताको उपेक्षा पूरा गर्न सकिंदैन । जनतको आवश्यकता र सेवा प्रवाहमा ठेस लाग्छ । यस कुरालाई केन्द्र सरकारले विचार गर्नु पर्छ । ठोस कार्यक्रम अत्यन्तै कम हुदा प्रतफिल पनि कम आउने भन्दै उनले आफुहरुले पटक पटक वित्तिय समानिकारणको अनुदान बढाउन माग गरिरहेको जनाए ।
कागेश्वरी मनहरा नगरपालिका एउटा बढ्दो वस्ती विकासको क्रममा रहेको काठमाडौं जिल्लाको पुर्वी उत्तर पुर्वी भेगको एउटा नगरपालिका हो ।

हिजोका ६ वटा गाउविकास समिति मिलेर बनेको नगरापालिका मा करिरब १ लाख ३६ हजार जनसंख्या रहेको र ३५ हजार भन्दा बढि घरधुरि रहेको नगरपालिका हो । नगरपािलकामा वस्ती विकासको चाप बढ्दै गएको देखिन्छ । यस नगरपालिकामा नौ वटा वडाहरु रहेका छन्

 

प्रतिक्रिया दिनुहोस्